२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै खानेपानी प्रणालीमा क्लोरिन डोजिङ युनिट जडान गर्नुपर्ने



अ+ अ-

काठमाडौँ। अब खानेपानी प्रणालीमा ‘क्लोरिनडोजिङ युनिट’ जडान गर्नुपर्ने भएको छ । खानेपानी मन्त्री प्रदीप यादवले आज सबै खानेपानी प्रणाली क्लोरिनेसन प्रक्रिया बिना सञ्चालन गर्न नपाइने निर्णय गर्दै अनिवार्य गरिएको हो ।

सरकारले खानेपानीको गुणस्तर सुधार गर्न दीर्घकालीन योजनाअनुसार उक्त निर्णय गरिएको उहाँले जानकारी दिए । “खानेपानी मात्रै भएर हुँदैन, खानेपानी गुणस्तरीय र सुरक्षित पनि हुन जरुरी छ । सुरक्षित पिउने पानी जनताको आधारभूत अधिकार हो र सरकार त्यसको प्रत्याभूति गर्न कटिबद्ध छ”, उनले भने।

नेपाल सरकारले सन् २०३० भित्र ९९ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित पिउने पानीको पहुँचमा ल्याउने लक्ष्य राखेको छ । सङ्घ, प्रदेश, तथा स्थानीय तहको सहकार्यमा क्लोरिन युनिट प्रविधि प्रभावकारी रूपमा कार्यान्वयन गरिने मन्त्री यादवले बताए ।

मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यका स्वच्छ खानेपानी वितरणका लागि यो ऐतिहासिक निर्णय भएको बताए । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले शुद्ध खानेपानीको पहुँच बढाउन क्लोरिनेसन प्रक्रिया प्रवेश विन्दु भएको उल्लेख गर्दै यसलाई एउटा अभियानका रुपमा सञ्चालन गर्नुपर्ने बताए । रासस




भर्खरै