२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासको पहिलो खुड्किला शिक्षा : मुख्यमन्त्री लामा



अ+ अ-

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विकासको पहिलो खुड्किला शिक्षा भएकाले सबै मिलेर शिक्षा क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

आज तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयको ४३औँ वार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै उनले शिक्षाविना विकासको परिकल्पना गर्न नसकिने बताउँदै शिक्षा क्षेत्र बिग्रे सबै क्षेत्रको विकास निरर्थक हुने बताए ।

उनले प्रदेश सरकारले विद्यालय सुधारमा सहयोग गरिरहेको बताउँदै प्रदेश विश्वविद्यालय खोल्न पाउने प्रदेश सरकारको एकल अधिकारको प्रयोग गरिरहेको जानकारी दिए । ‘पढ्दै कमाउँदै’ को अवधारणा अनुरूपको शिक्षामा जोड दिँदै मुख्यमन्त्री लामाले व्यावसायिक शिक्षामा केन्द्रित हुन आग्रह गरे ।

होटल म्यानेजमेन्ट सङ्काय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको खाना महोत्सवका साथै विज्ञान तथा सामाजिक विषयका शैक्षिक प्रदर्शनीको मुख्यमन्त्री लामाले अवलोकन गरेका थिए ।

वार्षिक उत्सवको अवसरमामा उत्कृष्ट शिक्षक, शिक्षिका, विद्यार्थी, कर्मचारी, पत्रकारलाई सम्मान गरिएको थियो । हाल यस विद्यालयमा एक हजार एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् । रासस