८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पुनर्निर्माणको अनुगमन गर्न मन्त्री र मेयर रानीपोखरी परिसरमा

पुनर्निर्माणको अनुगमन गर्न मन्त्री र मेयर रानीपोखरी परिसरमा
अ+ अ-

काठमाडौ । रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ । रानीपोखरी पुनर्निर्माणबारे जानकारी लिन र अनुगमन गर्न शुक्रबार रानीपोखरी परिसर पुग्नु भएका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई समितिले यस्तो जानकारी दिएको हो ।

 ‘रानीपोखरी पुनर्निर्माणको काम सत प्रतिशत र मन्दिर तथा सौदर्यीकरणको काम ८५ प्रतिशत सम्पन्न भएकोे छ,’ समितिका अध्यक्ष अजय स्थापितले मन्त्री र मेयरलाई जानकारी दिदै भन्नुभयो, ‘लकडाउनको अवधीमा पनि हामीले पुर्ननिर्माणको कामलाई निरन्तरता दिएका छौँ । सकेसम्म छिटो सम्पन्न गर्ने तयारीमा जुटेका छौँ ।’ 

स्थापितले सुरुमा पाँच जनाको उपभोक्ता समिति गठन गरी समितिको कामलाई अनुगमन गर्न काठमाडौँ महानगरपालिकाले रानीपोखरीसँग जोडिएका  वडा–१, २८ र २७ का अध्यक्षहरुको समिति बनाएको जानकारी दिनुभयो ।  

‘उहाँहरुसँग समन्वय गर्दै समितिले पुनर्निर्माणको काम सम्पन्न गर्ने चरणमा पुर्याएको छ । यो खुशीको कुरा हो,’ स्थापितले भन्नुभयो, ‘सबैको एकमुष्ठ सहयोगकै कारण रानीपोखरी पुननिर्माण सम्पन्न हुने अवस्थासम्म आएको छ । अब हामी कोभिडको समस्या हट्ने वित्तिकै उद्घाटन गर्ने तयारीमा छौँ ।’

उहाँले काठमाडौँ महानगरपालिकाको पहलमा उपभोक्ता समिति गठन गरेर कामलाई सहज रुपमा अघि बढाउन सहयोग गरेको भन्दै धन्यवाद पनि दिनुभयो । 


मेयरसँगै अनुगमनका लागि रानीपोखरी परिसर पुग्नुभएका राज्यमन्त्री मानन्धरले सम्माननीय राष्ट्रपतिबाट शिलान्यास भएको रानीपोखरी कोभिड–१९ को महामारीका बीचमा पनि पुर्ननिर्माण जारी राखेर सम्पन्न हुने चरणमा पुग्नु गौरवको कुरा भएको बताउनुभयो । ‘यो ऐतिहासिक मात्रै होइन, साँस्कृतिक, पुरातात्विक र ऐतिहासिक प्रेम काहानीसँग पनि जोडिएको पोखरी हो,’ उहाँले भन्नुभयो, ‘यो विश्वका लागि पनि उदाहरणीय पोखरी हो । यो पोखरीको पुर्ननिर्माण सम्पन्न हुन लागेको देख्दा आनन्दित भएको छु ।’

उहाँले २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरी काठमाडौँ महानगरपालिका र सबैको पहलमा पुर्ननिर्माण सम्पन्न हुनु गौरवको कुरा भएको बताउनुभयो ।  राज्यमन्त्री  मानन्धरले कोरोनाको कहर बीच सरकार जनताको समृद्धिको चाहना पूरा गर्न लागि परेको बताउनु भयो । मन्त्री मानन्धरले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा जनताको   समृद्धिको सपना पूरा आफुहरु लागि परेको बताए । अुनगमनपछि संक्षिप्त मन्तव्य दिदै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले सुरुमा विज्ञ समूह बनाएर उनीहरुकै राय–सुझाव अनुसार प्रताप मल्लकालिन स्वरुप, शैली र  निर्माण सामाग्रीको प्रयोग गर्ने प्रतिवद्धता जनाएको  स्मरण गराउनुभयो ।

 त्यही अनुरुप काम अघि बढेको र अहिले सम्पन्न हुने चरणमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।  ‘कामलाई विवाद रहित ढंगबाट सम्पन्न गर्न हामीले उपभोक्ता समिति बनाएर काम अघि बढाएका थियौँ,’ उहाँले भन्नुभयो, ‘उपभोक्ता समितिले सानातिना समस्यालाई सुल्झाउँदै अहिलेको अवस्थासम्म ल्याएको छ ।’ 
उहाँले पहिला गुम्बज शैलीको मन्दिर रहेको समेत स्मरण गराउनुभयो । ‘गुम्बज शैलीलाई शिखर शैली बनाउनुपर्छ भनेर निर्णय गर्ने काठमाडौँ महानगरपालिका हो,’ उहाँले भन्नुभयो,  ‘हामीले एउटा पुरानो तस्बिर फेला पारेपछि शिखर शैलीमै पुर्ननिर्माण गर्ने निर्णय गरेका थियौँ । लामो समय त्यो विषय विवादमा रह्यो  । सबैको सल्लाह–सुझाव अनुसार अन्तिममा त्यही शैली र स्वरुपमा पुननिर्माण गर्न सफल भएका छौँ ।’ 
रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिका सचिव रोशन तुलाधरले २०७५ साल फागुन २० गतेबाट पुर्ननिर्माणको काम शुरु गरेको भन्दै मौलिक रुपमा उभ्याउन पाउँदा खुशी लागेको बताउनुभयो । ‘ काठमाडौँ महानगरपालिकालगायत सबैले पूर्ण सहयोग गर्ने बचनबद्धता व्यक्त गरेपछि सबैको सहयोगको अपेक्षा गर्दै हामीले कामको थालनी गरेका थियौँ,’ उहाँले भन्नुभयो, ‘पौराणिक महत्वको पुरात्वात्कि ठाउँमा पुर्ननिर्माण गर्ने काममा हामीलाई  अनुकुल वातावरण प्राप्त  भएकै कारण यो अवस्थासम्म आएका हौँ ।’ 


उहाँले काठमाडौँको मौलिकतालाई पुर्नर्जिवन दिने काम भैरहेको पनि जानकारी दिनुभयो । ‘३ सय ६० वर्ष अघिको स्वरुपलाई जस्ताको त्यस्तै दिन त सम्भव नहोला तर मौलिकतालाई जोगाउँदै स्वरुप नमर्ने गरी हामीले पुर्नर्निमाण गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘८ महिनामा काम सम्पन्न गर्ने तयारीका साथ आएका थियौँ । ०५६ सालको तिहारमा सम्पन्न गर्ने हाम्रो तयारी थियो । मौलिकतालाई केलाई–केलाई काम गर्नुपर्ने भएकाले धेरै समय लाग्यो ।’
उहाँले कालोमाटो राख्नु पर्ने र त्यो खोज्नका लागि पनि धेरै मेहनत गर्नुपर्ने परेको जानकारी दिनुभयो । ‘हामीले सबै प्रकारका परिक्षण सम्पन्न गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘अब अन्तिम तयारीमा छौँ । लकडाउनका कारण केही लम्बिएको छ ।’ 
तुलाधरले पोखरीमा पानी भर्न विभिन्न विकल्प अघि सारेको पनि जानकारी दिनुभयो ।  उहाँका अनुसार प्राकृतिक स्रोतबाट पोखरी भर्ने तयारी छ । त्यसले नपुगे बाहिरी स्रोतबाट राख्ने योजना रहेको छ ।  ‘त्यसका लागि रानीपोखरी वरिपरी वर्षामा बग्ने पानीलाई शुद्धीकरण गरेर पोखरीमा राख्ने र मेलम्चीको पानी राख्ने वा डिप बोरिङ गरेर पानी भर्ने विकल्प बारे पनि हामीले सोचेका छौँ,’ उहाँले भन्नुभयो ।   तुलाधरका अनुसार पोखरी पुर्ननिर्माणका लागि मात्रै ९ करोड ५४ लाख र मन्दिर र सौर्दर्यीकरणका लागि करीब १५ करोड गरी करीब २५ करोडको लागतमा पुर्ननिर्माण भैरहेको छ  ।