८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

बीवाईडीद्वारा ‘हाइ–टेक विक २०२५’ को घोषणा

बीवाईडीद्वारा ‘हाइ–टेक विक २०२५’ को घोषणा
अ अ+ अ-

काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ। जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने यस प्रकारकै पहिलो इभेन्ट हुनेछ।

द एभरेष्ट होटलमा आगामी फेब्रुअरी २७ देखि मार्च ४ ९फागुन १५ देखि १८० सम्म आयोजना हुने सो इभेन्ट न्यु इनर्जी भेइकल्स ९एनईभिज० र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्वपूर्ण अवसर हुनेछ।

मोबिलिटीको भविष्य सम्बन्धी एक महत्वपूर्ण कदम

बीवाईडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुनेछ, जसले ईभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने छ। शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ डिजाइन गरिएको सो इभेन्ट औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नै पर्ने स्थल हुनेछ।

इभेन्टका प्रमुख विशेषता

बीवाईडी हाई–टेक विक २०२५ को प्रमुख विशेषता यस प्रकार हुनेछः

हाई–टेक इन्टर्याक्टिभ जोन – बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.०, ड्युअल मोड अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसन लगायतका अत्याधुनिक प्रविधिको वारेमा जानकारी लिन।

नेक्स्ट–जेन भेइकल शोकेस– पर्फमेन्स र सस्टेनेबिलिटीका लागि क्रान्तिकारी रुपमा अगाडि बढिरहेका बीवाईडीका पछिल्ला मोडल र आगामी दिनमा उपलब्ध हुने मोडलको प्रत्यक्ष अनुभव गर्न।

लाइभ डेमो – स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरी रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन गर्न मौका प्राप्त गर्न।

एक्सपर्ट टक र प्यानल डिस्कसन – पछिल्लो ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्य वारेमा यो उद्योगका नेतृत्वकर्ता, इन्जिनियर र सस्टेनेबिलिटी एड्भोकेटहरुबाट महत्वपूर्ण जानकारी लिन।

विशेष प्रोडक्ट सार्वजनिक – अटोमोटिभ उद्योगको भविष्यलाई आकार दिने बीवाईडीका नयाँ एनईभी तथा आगामी दिनमा उपलब्ध हुने इनोभेसन अवलोकन गर्ने पहिलो अवलोकनकर्ता मध्ये एक बन्न।

पारिवारिक क्रियाकलाप – सबै उमेर समूहलाई उपयुक्त हुने प्रशस्तै क्रियाकलाप हुनेछन्, जसले परिवार मात्र नभई प्रविधिप्रति चासो राख्ने सबैका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेछ।

बीवाईडी हाई–टेक विक २०२५ ले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको छ।

अटोमोटिभ उत्साही, प्रविधि अन्वेषक र ग्रिन इनर्जी एड्भोकेट लगायत सबैका लागि सो इभेन्टले एक अनुपम अवसर प्रदान गर्नेछ, जहाँ मोबिलिटीको भविष्य वारेमा अध्ययन अन्वेषण गर्न सकिने कम्पनीले जनाएको छ।