१७ असार २०८३, बुधबार
,
Latest
मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल संसदीय शासन प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुनसक्छः वामदेव गौतम देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी



अ+ अ-

काठमाडौं । कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । 
प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र १६ हजार १५८ जना कोभिड १९ का सङ्क्रमित भेटिएका बताइएको हो । तर अधिकारीहरुले यो संख्या भने पहिलेको भन्दा कम भएको पनि बताएका छन् ।

त्यसैगरी यहाँ गएको २४ घन्टामा ३६० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ३६० जनाको गएको २४ घन्टामा नै निधन भएको हो ।

यहाँ यस अघिका दिनहरुको तुलनामा सङ्क्रमितको संख्यामा भने कमी आएको बताइएको छ । प्राप्त समाचारमा यहाँ अघिल्लो हप्तामा दिनमा ५० हजार जना सम्ममा पनि सङ्क्रमण देखिएको थियो । 
तर त्यो संक्रमणको संख्या घटेर १६ हजारमा आएको देखिएको छ । सङ्क्रमितको संख्याका साथै मृत्युमा पनि कमी आएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । 

सो मन्त्रालयले दिएको जानकारीअनुसार ब्राजिलमा मृत्यु हुने संक्रमितको संख्या १ लाख २० हजार ८०० पुगेको छ । 

यहाँ सङ्क्रमित संख्या लाखौँ  पुगेका  छ  । प्राप्त पछिल्लो समाचारअनुसार यहाँ ३८ लाख ६२ हजार ३११ जनामा सङ्क्रमण भएको पाइएको छ ।
शनिबार मात्र पनि यहाँ ४० हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका थिए । त्यस्तै मृत्युको संख्या ७०० भन्दा पनि बढी थियो । त्यसको तुलनामा आइतबार कम देखिएको बताइएको छ ।

यहाँका ३० लाखभन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन् । यहाँ संयुक्त राज्य अमेरिकापछि धेरै संक्रमित देखिएका बताइएको  । 
ब्रालिज लामो समयदेखि नै अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने देशको सूचीमा रहेको छ । अमेरिकामा कोरोना भाइरसका करिब ६० लाख मानिस सङ्क्रमित पाइएका छन् ।

पछिल्लो समाचारमा अमेरिकामा मात्र कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १ लाख ८३ हजार पुगेको बताइएको छ । अमेरिकामा संक्रमण र मृत्युको संख्या दिनप्रतिदिन बढिरहेको देखिएको छ ।  




भर्खरै