८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बामदेव राष्ट्रिय सभामा मनोनित हुने, १८ गतेको सचिवालयले निर्णय गर्ने

बामदेव राष्ट्रिय सभामा मनोनित हुने, १८ गतेको सचिवालयले निर्णय गर्ने
अ+ अ-

काठमाडाैंः केही दिनयता अनपेक्षित रूपमा स्थिर रहेको सत्तारुढ दल नेकपा भित्रको राजनीति सोमबार साँझ एकाएक तरंगित बन्यो । अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाको कार्यकाल सकिनै लाग्दा फेरि उहाँ नै दोहोरिन लागेको आशंका बढ्दै गएपछि नेकपाका उपाध्यक्ष बामदेव गौतमले एकाएक फायर खोल्नुभएकाे छ ।

२०७६ चैतमा नै गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको नेकपाको सचिवालयको निर्णय हालसम्म पनि कार्यान्वयन भएको छैन । डा खतिवडाको मोहमा पर्नुभएका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको निर्णय कार्यान्वयन नगर्दा अनेक शंका आशंका जन्मिएका छन् ।

पटक पटक अप्ठ्यारोमा परेका बेला अन्तिम अवस्थामा प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई साथ दिएर सत्ताको त्राण भरिदिने गरेका गौतमको राष्ट्रियसभा प्रवेशको निर्णय कार्यान्वयन नहुनु भने आश्चर्यको विषय बनेको छ । पटक पटक नेतृत्वबाट धोका पाएका गौतम यस पटक भने धाेका नपाइने पूर्ण विश्वासमा हुनुहुन्छ ।

कुनै भवितव्य नभए आउँदो भदाै १८ गते बस्ने सचिवालयको बैठकले बामदेव गौतमलाई राष्ट्रियसभामा रिक्त एक पदमा पठाउने निर्णय गर्नेछ । एक सचिवालय सदस्यका अनुसार गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन गर्नुको विकल्प अध्यक्ष ओलीसँग छैन । यदि यो निर्णय कार्यान्वयन नभए फेरि नेकपाभित्र राजनीतिक जोड घटाउको खेल सुरु हुनेछ ।

साउन महिनामा सत्ता जोगाउन निकै अप्ठ्यारो अवस्थामा पुग्नु भएका प्रधानमन्त्री ओलीलाई गौतमको ६ बुँदे प्रस्तावले ठूलो राहत दिएको थियो । निराशाका बीच गौतमको प्रस्तावले केही आशा जगाएपछि सोही साँझ प्रधानमन्त्री ओली परिवार सहित गौतम निवास भैंसेपाटी पुग्नु भएको थियो । पछि त्यही छ बुँदेलाई आधार मानेर पार्टी अघि बढाउने सहमति गर्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो भने कार्यदलले आफ्नो प्रतिवेदन पनि बुझाइसकेको छ ।

कार्यदलको प्रतिवेदन बारे छलफल गर्न भन्दै १३ गते बोलाइएको बैठक कोरोना संक्रमणका कारण १८ गते सम्मका लागि स्थगित भएको छ । भाद्र २० गते अर्थमन्त्री खतिवडाको पदावधि सकिने भएका कारण १८ गते बस्ने सचिवालयको बैठकले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनाेनीत गर्ने सदस्यका बारेमा निर्णय गर्नुपर्ने बाध्यात्मक अवस्था पनि रहेको छ ।