२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नैतिक शिक्षा आजको आवश्यकताः वनमन्त्री शाही



अ+ अ-

बागलुङ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले समाजलाई नैतिक रूपमा माथि उठाउन आजको आवश्यकता नैतिक शिक्षा भएको बताउँदै विद्यालय तहबाटै यसको पठनपाठन गराउनुपर्नेमा जोड दिनुभएको छ ।

आज बागलुङको जैमिनी नगरपालिका–८ स्थित छिस्तीको जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको उद्घाटनपछि उहाँले शिक्षा क्षेत्रमा लगानीअनुसार प्रतिफल नआएको बताउँदै अब गुणस्तरमा ध्यान दिन आवश्यक रहेकामा जोड दिनुभयो ।

उहाँले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) गठबन्धनको सरकारले विकास र समृद्धिको क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको बताउनुभयो । स्थायित्व र विकासका लागि अहिलेको सरकारले जनता केन्द्रित भएर नयाँ ढङ्गले काम गरिरहेको उहाँको भनाइ छ ।

“शिक्षामा सरकारले गरेको लगानी अनुसारको प्रतिफल आएको छैन, गुणस्तरमा ध्यान दिन आवश्यक छ, पछिल्लो समय वन्यजन्तुका कारण किसान समस्यामा छन्, यो विषय समाधान गर्न सरकार गम्भीर बनेको छ”, मन्त्री शाहीले भन्नुभयो, “जैमिनी नगरपालिकाले बाँदर बगैँचा निर्माण थालेकामा वन मन्त्रालयले आर्थिक रूपमा सघाउने छ ।”

वनलाई समृद्धिसँग जोड्ने गरी काम गरेको बताउँदै आगामी बजेटमा आफूले वन तथा वातावरणसम्बन्धी जोड दिएर कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो । पछिल्लो समय वन्यजन्तु बाँदर, बँदेल र हात्तीका कारण धेरै किसान समस्यामा परेका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै पहिलो चरणमा बाँदरलाई कृषि हानिकारक वन्यजन्तुका रूपमा लिएर किसानलाई क्षतिपूर्ति दिने व्यवस्था मिलाउने जनाउनुभयो ।

उहाँले जैमिनीमा निर्माण गर्ने भनिएको बाँदर बगैँचालाई मन्त्रालयले आगमी दिनमा बजेट विनियोजन गर्ने उल्लेख गर्नुभयो । वर्तमान सरकार आएपछि आर्थिक गतिविधि चलायमान हुनाका साथै रोकिएका कामले पनि गति लिन थालेकाले जनतामा आशाको सञ्चार भएको उहाँले बताउनुभयो । रासस