४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

पहिरो पीडितको पीडाः ‘टहराको बास र थापेको गाँसमा चल्दै छ सास’

पहिरो पीडितको पीडाः ‘टहराको बास र थापेको गाँसमा चल्दै छ सास’
सांकेतिक तस्बिर
अ+ अ-

गलेश्वर । पहिरोले घरखेत लगेपछि म्याग्दीको धवलागिरि गाउँपालिका—६ मराङका बासिन्दाको बिचल्ली भएको छ । उनीहरूलाई सबैभन्दा ठूलो चिन्ता बासको छ । “टहरेको बास र थापेको गासमा चल्दै छ सास”, ४७ वर्षीया चनमति लामगाडेले भन्नुभयो, “अब कहाँ बस्ने, के खाने थाहा छैन ।” 
 
“गत असार २५ गतेको रातलाई सम्झदा पनि मन भक्कानिन्छ, कसैले नसोधिदिए हुन्थ्यो नि जस्तो लाग्छ”, त्यो राति आएको पहिरोमा चार सन्तान गुमाएकी चनमतिले भन्नुभयो, “चार सन्तानको सास त दैवले चुड्यो, बाँकी बचेका चार जनाको टहरेको बास र थापेको गासमा चल्दै छ सास ।” 

म्याग्दी समाज न्यूयोर्क अमेरिकाले बाढी पहिरो पीडितलाई पठाएको सहयोग रकम बुझ्न आइतबार मराङको बेसीमा आउनुभएकी चनमतिले रु ५० हजार सहयोग रकम बुझेपछि रासससंग भन्नुभयो, “त्यो रात सम्झदा मुटु भक्कानिन्छ, रिङ्गटा लाग्छ, मर्छु जस्तै हुन्छ तर श्रीमान्को मुख हेर्न जसोतसो बाचुँजस्तो लाग्छ हजुर ।” चनमतिका श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी अरबमा हुनुहुन्छ । घरमा रहेका २६ वर्षीया बुहारी सपना लामगाडे, सात वर्षीय नाति आशिस र चार वर्षीय आयुष तथा तीन वर्षीया नातिनी आयुषालाई पहिरोमा गुमाउनु भएकी चनमति अझै सम्हालिन सकिरहेकी छैन ।

गत असार २५ गतेको मध्यरात । आकाशबाट मुसलधारे पानी पर्न थाल्यो । गोठमा बाँधेका गाईवस्तु कराउन थाले । मस्त निर्दाबाट बिउँझेकी चनमति गोठमा पुग्दा माथिबाट आएको पहिरोले गोठ भत्किएको थियो । दाम्लो फुकाएर गाईवस्तुलाई गोठबाट उत्तरतर्फको सुरक्षित स्थानमा लैजादै गर्दा पहिरो घरमाथि नै आइपुग्यो । मध्यरातको अध्यारोमा हेर्दाहेर्दै पहिरोले घर पुर्यो । घरभित्र रहेका चार जना सदस्य पुरिए । यो सवै यति छिटो भयो की चनमतिले केही सोच्नै भ्याउनुभएन । 

धवलागिरि गाउँपालिका—६ मराङमा सो राति आएको पहिरोले चनमति परिवारका चार सदस्यसंगै सोही गाउँका १९ जनाले ज्यान गुमाएका थिए । पहिरोमा परि १२ जना घाइते र दुई जना अझै वेपत्ता छन् । एकै घरका चार जना सदस्य पहिरोमा परेर ज्यान गुमाएकी चनमति मात्रै होइन, गाउँकै अर्की राजमति सिर्पाली पनि हुनुहुन्छ । उनको परिवारका चार जना सदस्यले पनि पहिरोमा परि ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा मराङमा पहिरोले ७२ घरमा पूर्ण क्षति भएको छ भने गाउँमा बस्ने अवस्था छैन् । विस्थापितले सुरक्षित स्थानमा पुनर्वासको माग गरेका छन् । पहिरो गएको ५२ दिन वितिसक्दा पनि मराङका पहिरो पीडितका लागि पुर्नवासको उचित प्रवन्ध हुन सकेका छैनन् । चनमति लगायतका कतिपय पहिरो पीडित पालमा रात कटाउन बाध्य छन् । खानका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिले सहयोग गरेपनि बस्ने वासस्थानको अभावमा उनीहरुले असुरक्षित महशुस गरिरहेका छन् । 

“पहिरो पीडितका लागि एकीकृत पुर्नवासको व्यवस्था गर्ने की अलग अलग ठाउँमा राख्ने भन्ने कुरामा नै अन्योल देखिएको छ”, सो वडाका अध्यक्ष राजाराम सुवेदीले भन्नुभयो, “कतिपय पहिरो पीडितको घडेरी समेत नभएकाले एकीकृत पुनर्वासको अवधारण ल्याइएपनि त्यसको कार्यान्यनमा समस्या देखिएको छ ।” उहाँका अनुसार कतिपयले आफ्नै घडेरीमा वस्न चाहेकाले समस्या आएको छ । घडेरी नभएकाका लागि उचित स्थानको खोजी भैरहेको छ । 

त्यसैगरी सोही पहिरोमा २४ वर्षीय छोरा मन बहादुर, २३ वर्षीया बुहारी कमला, सात वर्षीया नातिनी सुरक्षा र दुई वर्षीय नाति सुरज गरी चार सन्तान गुमाएकी ४६ वर्षीया राजमति सिर्पाली अहिले पहिरोमा घाइते भएकी माइली बुहारीको उपचारका लागि पोखरामा हुनुहुन्छ । राजमतिको गाउँमा फर्किने अवस्था नै नरहेको स्थानीयवासीको भनाइ छ । पहिरोले घर र खेतबारी सबै पुरिएपछि अहिले उहाँ पोखरामा नै बस्नुभएको वडाध्यक्ष सुवेदीले बताउनुभयो । पहिरोमा परी मृत्यु भएका अन्य ११ जना परिवारको अवस्था पनि दयनीय छ । कसैले बुबा गुमाएका छन् भने कसैले छोरा÷बुहारी र नाति÷नातिनी । कैयौं परिवार विस्थापित भएका छन् । पूर्ण क्षति भएका ७२ घर परिवार अस्थायी टहरो, आफन्त वा सार्वजनिक स्थानमा बस्न बाध्य भएका छन् । 

जोखिमपूर्ण यात्रा : पाइला पाइलामा खतरा 

पहिरोका कारण विमको तल्लो बेसीदेखि मराङको बेसी गाउँ पुग्ने सडक नष्ट भएको छ । ठाउँठाउँमा आएको पहिरोले ज्यान नै हत्केलामा राखेर यात्रा गर्नुपर्ने अवस्था रहेको पहिरो पीडितको भनाइ छ । “ज्यान नै हत्केलामा राखेर पाइला पाइलामा जोखिम मोल्दै यात्रा गर्नुपर्ने अवस्था रहेछ” मराङका पहिरो पीडितलाई रु नौ लाख ३० हजार सहयोग रकम प्रदान गर्दै म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णवहादुर पुनले भन्नुभयो, “हामी एक दिन आउनेलाई त यस्तो सास्ती छ, सधैंभरी ओहोरदोहोर गरिरहनु पर्ने तपाइँहरुलाई कति समस्या होला ।” 

वडाध्यक्ष सुवेदीले बाटो मर्मतका लागि सानो रकमले नपुग्ने भन्दै यसका लागि प्रदेश सरकारसँग अनुरोध गरिएको बताउनुभयो । “हाम्रो बजेटले सम्भव नै छैन, प्रदेश र सङ्घीय सरकारले ध्यान दिन आवश्यक छ” उहाँले भन्नुभयो ।