५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेब्रुअरी २५ मा युनको महाभियोग मुद्दाको अन्तिम सुनुवाई



अ+ अ-

काठमाडौँ । दक्षिण कोरियाको संवैधानिक अदालतले फेब्रुअरी २५ मा राष्ट्रपति युन सुक–योलको महाभियोग मुद्दाको ११ औं र अन्तिम सुनुवाइ गर्ने भएको छ ।

अदालतका कार्यवाहक प्रधानन्यायाधीशले बिहीवार १० औं सुनुवाइको क्रममा अर्को सुनुवाइ फेब्रुअरी २५ मा हुने बताए । युनका वकिलले महाभियोग लगाइएका राष्ट्रपतिले महाभियोग लगाइएका प्रधानमन्त्री हान डक–सूलाई अदालतमा बयान दिएको हेर्नु अनुपयुक्त हुने बताए ।

राष्ट्रिय गुप्तचर सेवाका पूर्व प्रथम उपनिर्देशक होङ जाङ–वन र राष्ट्रिय प्रहरी एजेन्सीका आयुक्त जनरल चो जी–होको बयानको क्रममा युन अदालतमा पुनः उपस्थित हुनुभएको थियो । संवैधानिक अदालतमा आउनुअघि युनले विद्रोहको नेतृत्व गरेको आरोपमा आफ्नो फौजदारी मुद्दाको पहिलो तयारी सुनुवाइमा भाग लिनुभएको थियो ।

युनलाई जनवरी १५ मा राष्ट्रपति कार्यालयमा पक्राउ गरिएको थियो र जनवरी २६ मा विद्रोहको आरोपमा हिरासतमा राखिएको थियो । युनले गत वर्ष डिसेम्बर ३ को रातमा आपतकालीन मार्शल ल घोषणा गर्नुभएको थियो । तर विपक्षी नेतृत्वको राष्ट्रिय सभाले केही घण्टापछि यसलाई खारेज गरेको थियो ।

युनमाथि महाभियोग लगाउने प्रश्ताव गत वर्ष डिसेम्बर १४ मा राष्ट्रिय सभाबाट पारित भएको थियो र १८० दिनसम्म विचारविमर्श गर्न संवैधानिक अदालतमा पठाइएको थियो । जुन अवधिमा उनको राष्ट्रपति पद निलम्वित हुन्छ ।