२१ मंसिर २०८२, आईतवार
,
Latest
सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्योः उपसभामुख राना कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व क्रिकेटर सौरभ गांगुलीको कार दुर्घटना



अ+ अ-

एजेन्सी। भारतीय पूर्व क्रिकेटर सौरभ गांगुलीको कार दुर्गापुर एक्सप्रेसवेमा बिहीबार दुर्घटनामा परेको छ ।

सौरभ गांगुली एक कार्यक्रममा सहभागी हुन बर्दवान जाँदै गर्दा उनको कार दुर्घटनामा परेको हो। भारतीय सञ्चार माध्यमहरूका अनुसार गांगुलीलाई भने कुनै चोट लागेको छैन। तर उनको दुई वटा गाडीमा भने क्षति भएको छ।

गांगुलीको गाडी अगाडि अचानक ट्रक आउँदा दुर्घटनामा परेको थियो। गाडीले अचानक ब्रेक लगाउँदा पछाडिबाट आएका गाडीहरू एक आपसमा ठोक्किएको बताइएको छ। ती मध्ये एउटा गाडी गांगुलीको कारसँग ठोक्किएको थियो।