९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व क्रिकेटर सौरभ गांगुलीको कार दुर्घटना



अ+ अ-

एजेन्सी। भारतीय पूर्व क्रिकेटर सौरभ गांगुलीको कार दुर्गापुर एक्सप्रेसवेमा बिहीबार दुर्घटनामा परेको छ ।

सौरभ गांगुली एक कार्यक्रममा सहभागी हुन बर्दवान जाँदै गर्दा उनको कार दुर्घटनामा परेको हो। भारतीय सञ्चार माध्यमहरूका अनुसार गांगुलीलाई भने कुनै चोट लागेको छैन। तर उनको दुई वटा गाडीमा भने क्षति भएको छ।

गांगुलीको गाडी अगाडि अचानक ट्रक आउँदा दुर्घटनामा परेको थियो। गाडीले अचानक ब्रेक लगाउँदा पछाडिबाट आएका गाडीहरू एक आपसमा ठोक्किएको बताइएको छ। ती मध्ये एउटा गाडी गांगुलीको कारसँग ठोक्किएको थियो।