२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित

बाबुरामप्रती कमल थापाको टिप्पणी: “हतास मानसिकता उदाङ्गो भयो “

बाबुरामप्रती कमल थापाको टिप्पणी: “हतास मानसिकता उदाङ्गो भयो “
फाईल फोटो
अ अ+ अ-

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईमा हतास मानसिकता देखिएको टिप्पणी गरेका छन्।

प्रजातन्त्र दिवसको अवसरमा पुर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यलाई लिएर भट्टराइले गरेको टिप्पणी माथी थप टिप्पणी गर्दै दल र सरकारलाई कुनै आलोचना नगरेका राजा शाह प्रति खनिनु भनेको दुर्भाग्य भएको बताएका हुन। ‘मेरो सहपाठी मित्र बाबुराम भट्टराईको हतास मानसिकता फेरी एकपटक उदांगो भएको छ।

राजा ज्ञानेन्द्रले फागुन ७ को सन्देशमा देशको वर्तमान अवस्थाप्रति मार्मिक ढंगबाट चित्रण गर्नु भएको छ। राजाले देश बचाउन र बनाउन आफू सहयोग गर्न तयार रहेको र त्यस कार्यमा सहयोग गर्न आह्वान गर्नुभएको छ। राजाले प्रजातन्त्र, दल वा सरकारको विरोध पनि गर्नुभएको छैन्,’ थापाले भट्टराई माथी प्रश्न गरेका छन, ‘देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्ने र संकट समाधान गर्न सहयोग गर्न तयार रहेको विचार व्यक्त गर्ने अधिकार नागरिकका रूपमा रहेका राजा ज्ञानेन्द्रलाई संविधानले दिएको छैन ? संविधान प्रदत्त विचार स्वतन्त्रताको अधिकार बाबुराम र उनका आसेपासेलाई मात्र हो ?’

जनताले चाहेमा संघीय धर्मनिरपेक्ष गणतन्त्र परिवर्तन गर्ने अधिकार संविधानले नै सुनिश्चित गरेको जनाउँदै थापाले थप प्रश्न गरे, ‘त्यो अधिकार कुण्ठित गर्ने वा निषेध गर्ने अधिकार बाबुराम जीलाई कसले दियो ?’ वर्तमान अवस्था र व्यवस्थाप्रति असंतोष प्रकट गरेको कारण राजाको विचार र गतिविधि नियन्त्रण गर्नुपर्छ भन्ने बाबुरामको विचार स्वयं नै निरंकुश र फासिष्ट छ, राजाको कुरा छोडिदिनुहोस्, राजाको मन्तव्यमा त गणतन्त्रको उल्लेख पनि छैन।’

विगत अठार वर्षदेखि निरन्तर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता परिवर्तन गर्नुपर्छ भनिरहेको र त्यसका लागि संघर्ष गरिरहेको पनि थापाले जनाएका छन। ‘सक्नुहुन्छ भने हामीलाई नियन्त्रण गरेर देखाउनु होस्, राजासहितको प्रजातन्त्र, हिन्दुराष्ट्रको पुनःस्थापना तथा संघीयताको खारेजी चाहने लाखौं जनतालाई नियन्त्रण गर्नुहोस्,’ उनले अगाडि भने, ‘विचार नियन्त्रण गर्ने बाबुरामजीले बुझ्नुपर्छ कि जनताको मानसिकतामा ठूलो परिवर्तन आइसकेको छ।

१८ वर्ष अघि विदेशीको दवाव र प्रभावमा परेर तयार गरिएको गलत भाष्य अब जनताले बुझिसकेका छन्। जनतालाई ढाँटेको र धोका दिएको छर्लंग भैसकेको छ।’ अध्यक्ष थापाले युद्दकालमा राजासँग मिलेर जाने प्रस्ताव ल्याएको पनि स्मरण गराएका छन्। ‘स्वयं बाबुरामजीले २०६० सालमा हापुरे वार्ताको क्रममा मात्र होईन, संविधान सभाको चुनावअघि प्रचण्डसहितको भेटघाटमा राजासँग सहकार्य गर्न तयार रहेको ममार्फत प्रस्ताव गर्नुभएको मलाई अहिले सम्झना आईरहेको छ,’ उनले भनेका छन् “देश र जनताप्रति ईमान्दार हुनुहुन्छ भने अहिले पनि सुधार गर्ने अवसर छ।

परिवर्तनकारी शक्ति र बिचार तथा परम्परागत शक्ति र विचारकाबीचमा सामञ्जस्यता खोजौँ। सबै राजनीतिक शक्ति र विचार अटाउने मौलिक प्रजातन्त्रको विकास गरौँ। यसबारे ठण्डा दिमागले सोच्न बाबुरामजीलाई आग्रह छ।