२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षाको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री तामाङ



अ+ अ-

नुवाकोट। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले शिक्षा क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

नुवाकोटको विदुर नगरपालिका–५ स्थित चन्द्रज्योती माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले देशको विकासका लागि शिक्षा प्रमुख मेरुदण्ड भएकाले प्रदेश सरकारले सोही अनुसार प्राथमिकता दिँदै आएको बताए ।

“शिक्षा मार्फत देश विकासका लागी थप कार्यक्रम प्रभावकारी रुपमा सफल बनाउन सकिन्छ” उनले भने “स्वास्थ्य, कृषि, पूर्वाधारभन्दा शिक्षाको विकास पहिलो प्राथमिकतामा छ । शैक्षिक गुणस्तर बृद्धिका लागी प्रदेश सरकार गम्भीर छ ।”

सामुदायिक विद्यालयको आकर्षण बढाउन र शिक्षाबाट रोजगार सिर्जना गर्न प्रदेश सरकारले विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनको भनाइ थियो । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउने नुवाकोटको सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई आफ्नो व्यक्तिगत खर्चमा शैक्षिक भ्रमणमा लैजाने प्रबिद्धता जनाउँदै मुख्यमन्त्री तामाङले शिक्षाको गुणस्तर बृद्धिमा लाग्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा विद्यालयका कक्षागत उत्कृष्ट विद्यार्थी तथा वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेतालाई सम्मान गरिएको थियो । रासस




भर्खरै