२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रपुर झापा गोल्डकपः झापा-११ क्वार्टर फाइनलमा



अ+ अ-

झापा। भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा झापा ११ ले मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै झापा–११ क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

झापाका लागि खेलको २९औँ मिनेटमा बबिन बोहोराले गरे । झापाले क्वार्टर फाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । शुक्रबार हुने पहिलो क्वार्टर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लबबीच हुनेछ ।

उपाधि विजेताले रु १३ लाख, ट्रफी र पदक प्राप्त गर्नेछ भने उपविजेताले रु सात लाख, ट्रफी र पदक प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु एक लाख पाँच हजार प्राप्त गर्नेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले रु २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु २१ हजार दिइनेछ ।