३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

समावेशी आयोगको कार्यक्षेत्र व्यवस्थित गर्न कानुन संशोधन आवश्यक छ : मन्त्री गुरुङ



अ+ अ-

ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समावेशी आयोगको कार्यक्षेत्र व्यवस्थित गर्न कानुन संशोधन आवश्यक रहेको बताए ।

राष्ट्रिय समावेशी आयोगद्वारा ‘आयोग दिवस–२०८१’ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले समावेशी आयोग संवैधानिक व्यवस्थाअनुरुप स्थापित भए पनि कार्यक्षेत्र स्पष्ट नभएकाले यसलाई व्यवस्थापन गरिनुपर्नेमा जोड दिए।

कुनै समुदायले दोहोरो सुविधा पाउने, कुनैले नपाउने अवस्था छ, थर र उपथरका आधारमा मधेसी आयोग तथा थारु आयोग दुवैबाट सुविधा लिनसक्ने अवस्था पनि छ, विभिन्न आयोगका दिवस मनाइरहँदा यस्ता कुरामा ध्यान दिनु आवश्यक छ”, मन्त्री गुरुङले भने ।

पिछडिएका समुदायको आर्थिक, सामाजिक स्तर उकास्न र मूलधारमा उनीहरुको प्रतिनिधित्व गराउन आयोगको भूमिका महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले अहिले समावेशी आयोगको कार्यक्षेत्र ठूलो र अस्पष्ट छ ।

राज्यको मानसिकता आयोग बोझ भए भन्ने छ, तर यसलाई हामीले व्यवस्थापन गरेर हाम्रो मुलुकभित्र सबै जातजातिलाई एकत्रित बनाएर राख्न, सबैलाई अधिकार दिन, राज्यको जिम्मेवारी पूरा गर्दै पछाडि परेका समुदायको हकअधिकार सुनिश्चित गर्न ध्यान दिनुपर्छ”, मन्त्री गुरुङले भने  । उनले विविधताभित्र एकता कायम गर्न नीतिगत व्यवस्थाका लागि यस्ता आयोग स्थापना भएका बताए।

विकास, सामाजिक तथा सांस्कृतिक हिसाबले भएको असमानता हटाउने, समानताका माध्यमबाट समावेशी र समतामूलक समाज निर्माण गर्ने लक्ष्य छ, त्यसपछि समाजवादको आधार तयार हुन्छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सिमान्तकृत समुदाय पिछडिएका समुदायलाई कसरी मूलधारमा ल्याउन सकिन्छ भनेर काम गर्न सुझाव दिए।

समाजमा विभिन्न समुदायबीच जुन किसिमको खाडल छ, त्यसलाई समाधान गर्नु आवश्यक छ, सबै जातजातिलाई मूल प्रवाहमा ल्याउनुपर्छ । हामी सबै मिलेर जानुपर्छ, सबैको अधिकार संरक्षण प्रवद्र्धन गरेर अघि बढ्नु पर्छ”, उहाँले भन्नुभयो । अध्यक्ष मगरले सबैको मानव अधिकार संरक्षण गरेर जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले समावेशी आयोगले सम्पादन गरेका कामबारे व्याख्या गर्दै आयोगले आगामी दिनमा गर्ने कामका बारेमा जानकारी दिए । सामाजिक न्यायका लागि राज्यका स्रोतसाधनको वितरण गर्नुपर्ने उल्लेख गर्दै उहाँले आयोगले सीमित स्रोतसाधनबीच आफ्नोतर्फबाट हरसम्भव काम गरिरहेको छ ।

राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले आयोगले समावेशिताका लागि तोकिएको हकअधिकार संरक्षण गर्दै आएको छ । उनले आयोगले आर्थिक रुपमा विपन्नको हकअधिकार संरक्षण गर्न पहल गर्ने बताए ।

सो अवसरमा आयोगमा कार्यरत नायब सुब्बा भोजराज अधिकारी, सवारी चालक विनोद महर्जन र कार्यालय सहयोगी रमा खनाललाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको थियोे ।