२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित

ऊर्जामन्त्री खड्का र नेपालका लागि बेलायती राजदूतबीच भेट

ऊर्जामन्त्री खड्का र नेपालका लागि बेलायती राजदूतबीच भेट
अ अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि बेलायतका राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रममा सहभागी हुने क्रममा बिहीबार भएको भेटमा उनीहरुबीच दुई देशबीचको ऊर्जा क्षेत्रका विविध विषयमा छलफल भएको थियो।

भेटमा ऊर्जामन्त्री खड्काले २०९ वर्ष पुरानो सम्बन्ध रहेको बेलायतले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा युकेएडमार्फत पुर्‍याउँदै आएको योगदानको उच्च कदर गरे।

उनले बेलायतले नेपाललाई ऊर्जा क्षेत्र सहायता कार्यक्रम, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम, भूकम्पपछिको पुनः स्थापना तथा पुनःनिर्माण सहयोगप्रति आभार व्यक्त गरे। भेटमा मन्त्री खड्काले नेपाल सरकारले हालै पारित गरेको ऊर्जा विकास मार्गचित्र, २०८१ ले राखेको विद्युत् उत्पादनको लक्ष्यलाई पूरा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए।

उहाँले नेपालका लागि बेलायती राजदूतावासमार्फत सहयोग हुँदै आएको केन्द्रीय नवीकरणीय ऊर्जा कार्यक्रमलाई दुई वर्ष थप गर्न अनुरोध गरे। उनले नेपालमा नवीकरणीय ऊर्जा र स्वच्छ ऊर्जा संक्रमणको यात्रामा बेलायतको निरन्तर साझेदारीप्रति आभार व्यक्त गर्दै भविष्यमा दुईपक्षीय सहकार्य अझै बलियो हुने आशा व्यक्त गरे।

भेटमा नेपालका लागि बेलायती राजदूत रोबले हालैका केही दिनमा नेपालले ऊर्जा क्षेत्रको विकासमा चालेका कदमहरु सराहनीय रहेको बताए। उनले नेपालले जलविद्युत् तथा नवीकरणीय ऊर्जाका अन्य स्रोतहरुलाई सन्तुलनमा राखेर भइरहेको कार्यले नेपाल मात्र नभई भारतलाई समेत स्वच्छ ऊर्जा उपलब्धतामा महत्वपूर्ण सघाउ पुगेको बताए।

उनले आगामी दिनमा बेलायत सरकारले ऊर्जाका अन्य क्षेत्रमा सघाउन लगानी समितिसँग छलफल भइरहेको जानकारी गराए।