रुकुम पश्चिम। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ ।
रुकुम पश्चिम जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं.६ झुल्नेटा स्थित स्थानीयको बारीमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले आज मिति २०८१ फाल्गुण ०८ गते सुरक्षित साथ निष्क्रिय पारेको छ ।










