२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरिया : ७६ हजार गाडी ममर्तका लागि फिर्ता



अ+ अ-

एजेन्सी। दक्षिण कोरियाका पाँच स्वदेशी र विदेशी अटोमोबाइल निर्माताहरूले उत्पादनमा त्रुटि भएका कारण करिब ७६ हजार सवारी साधन स्वैच्छिक रूपमा फिर्ता गर्ने यातायात मन्त्रालयले बुधबार जनाएको छ ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार किया कर्पले निरो इलेक्ट्रिक भेइकल (इभी) लगायत दुई फरक मोडलका ३५ हजार ५७१ इकाइ त्रुटिपूर्ण एयरब्याग प्रणालीका लागि फिर्ता गर्नेछ ।

बीएमडब्लु कोरियाले कूलिङ पम्प तार कनेक्टरमा समस्या भएका कारण ५२८आई सेडान जस्ता २८ मोडलका २४ हजार ३७१ इकाइ फिर्ता गर्नेछ, जसले आगोको जोखिम निम्त्याउँछ ।

ट्रान्सफर्मर र हाइब्रिड कन्ट्रोल सिस्टममा भएका सफ्टवेयर त्रुटिहरूले रेनो कोरिया मोटर्सको अर्काना हाइब्रिड स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) सहित दुईवटा मोडलका आठ हजार ५६ इकाइहरू फिर्ता बोलाएको छ । टेस्ला कोरियाले मोडल वाईका सात हजार ७८१ इकाइहरूमा इलेक्ट्रिक पावर असिस्ट स्टेयरिङ (इपीएएस) प्रणालीमा भएका सफ्टवेयर त्रुटिहरू सुधार गर्नेछ ।

जगुआर ल्यान्ड रोभर कोरियाले डिफेन्डर ११० ए३०० एसयूभी सहित चार मोडलका ६०३ इकाइहरूमा सुधारात्मक कारबाही गर्नेछ । सवारी साधन मालिकहरूले मर्मत र सेवा केन्द्रहरूमा गएर दोषपूर्ण पाट्र्सहरू निःशुल्क बदल्न सक्छन् । रासस