२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

तनहुँको व्यासमा तीनदिने सांस्कृतिक महोत्सव सुरु

तनहुँको व्यासमा तीनदिने सांस्कृतिक महोत्सव सुरु
अ अ+ अ-

तनहुँ। तनहुँको व्यास नगरपालिकामा विभिन्न जातजातिका कला, संस्कृति प्रदर्शन र संरक्षण गर्न आज (बुधबार) देखि तीनदिने सांस्कृतिक महोत्सव सुरु भएको छ।

व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा व्यास नगरपालिका–३ खुल्ला मैदानमा सुरु भएको सांस्कृतिक महोत्सव शुक्रबारसम्म सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले तनहुँ कला, संस्कृतिले धनी जिल्ला भएकाले मौलिक संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिए।

उनले प्रदेश सरकारले विभिन्न जातजातिका कला, संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेको बताउँदै कला र संस्कृतिलाई आम्दानीसँग जोड्न आग्रह गरे।

जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्लेले नेपालको पहिचान संस्कृति र प्रकृति भएको बताउँदै यसको संरक्षण गर्नुपर्ने बताए। नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का जिल्ला सचिव प्रदीपराज अधिकारीले नगरभित्रका मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यसहित आयोजित कार्यक्रम सराहनीय रहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विश्व बाँस्तोलाले भाषा, संस्कृति लोप हुन दिन नहुने उल्लेख गरे। गर्नुभयो । पछिल्लो समय कला, संस्कृति लोपहुँदै गएकाले त्यसको संरक्षण गर्दै अहिलेका पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित कला संस्कृतिको संरक्षण गर्न पहल गरिएको प्रज्ञा प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेतले जानकारी दिनुभयो ।

नगर प्रमुख एवं व्यास नगर प्रज्ञा प्रतिष्ठानका कुलपति वैकुण्ठ न्यौपानेले नगरभित्रका अधिकांश समुदायका कला, संस्कार, संस्कृति, इतिहास, पुरातात्विक क्षेत्र लोपोन्मुख भएकाले संरक्षण गर्न महोत्सव गरिएको बताए।

महोत्सवमा विभिन्न जातजातिका बालन नाच, भजन, चुड्का, कौराहा, सोरठी, स्वराही, पाउदुरे, शङ्खध्वनि, झ्याउरे, घाँटु नाचका साथै मूर्ति, चित्रकलालगायतको प्रदर्शनी गरिएको छ।रासस