काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता एवं सांसदले नेपालको सामाजिक र आर्थिक क्रान्तिको अगुवाइ कांग्रेसले गर्दै आएको बताएका छन् ।
बुधबार नेपाल शिक्षक संघ काभ्रेपलाञ्चोकको आयोजनामा बनेपामा आयोजित २३औं जिल्ला प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सात दशक अघिदेखि नेपाली कांग्रेसले सामाजिक–आर्थिक क्रान्तिको अगुवाइ गर्दै आएको बताए ।
‘सामाजिक र आर्थिक क्रान्तिको अभियानलाई राजनीतिक द्वन्द्वले केही समय अवरोध गर्यो, हैन भने २००७ सालदेखि ०१७ साल, ०४६ र २०६२/०६३ को जनआन्दोलनदेखि शान्ति स्थापना तथा संविधान जारी र कार्यान्वयनमासमेत कांग्रेसले अगुवाइ गरेको छ’, महतले भने ।
उनले बल प्रयोग नगरी जनताको मत जितेर सत्तामा जानुपर्ने मान्यतालाई कांग्रेसले स्थापित गरेको बताए । बीपी कोइरालाले भनेझैँ अहिले ‘सत्यको मुख बन्द हुँदा झूटको थुतुनो खुल्छ’ भन्ने अवस्था भएकाले सत्यको मुख खोल्नुपर्ने आवश्यकता औंल्याए । आगामी निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने उनको भनाइ छ ।










