५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीः विल योङ र टम लाथमको शतकमा न्यूजिल्याण्डले पाकिस्तानलाई दियो ३२१ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा न्युजिल्याण्डले आयोजक पाकिस्तानलाई ३२१ रनको लक्ष्य दिएको छ ।

बुधबार कराँचीको नेशनल स्टेडियममा पाकिस्तानले टस जितेर बलिङ रोजेको थियो ।

न्यूजिल्याण्डले ५० ओभरमा ५ विकेट गुमाएर ३२० रन बनाएको हो ।

न्यूजिल्याण्डका लागि विल योङ र टम लाथमले शतकीय पारी खेले ।

योङले १०७ तथा लाथमले ११८ रन जोडे । यस्तै ग्लेन फिलिप्सले ६१ रनको योगदान दिए ।

पाकिस्तानका नसिम शाह र हरिस रउफले २–२ विकेट लिए । यस्तै, अबरार अहमदले एक विकेट लिए ।