२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

नेपाल र ओमनबीच पर्यटनसम्बन्धी समझ्दारी

नेपाल र ओमनबीच पर्यटनसम्बन्धी समझ्दारी
अ अ+ अ-

काठमाडौँ। नेपाल र ओमनकाबीच पर्यटनको विकास, प्रवद्र्धन र आवश्यक सहयोग तथा समन्वय सम्बन्धमा द्विपक्षीय समझ्दारीपत्रमा हस्ताक्षर भएको छ ।

आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनमा रहनुभएका परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र ओमनका सम्पदा तथा पर्यटनमन्त्री सलिम बिन मोहम्मद बिन सयद अल महरुकबीच आज ओमनको राजधानी मस्कटमा भएको भेटवार्तापछि सो समझ्दारी भएको हो ।

यस समझ्दारीपछि दुई देशबीचमा पर्यटकीय पूर्वाधार निर्माण, पर्यटन सूचना एवं ‘हस्पिटालिटी’ का क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान र समन्वय हुनेछ । सो भेटका क्रममा उहाँहरुबीचमा नेपालमा पर्यटनका क्षेत्रमा गर्न सकिने लगानी एवं दुवै देशको पर्यटीय सम्भावना र आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।

त्यसैगरी आज नै मस्कटमा मन्त्री डा देउवा र ओमनका उर्जा तथा खनिजसम्बन्धी मन्त्री सलिम बिन नसर अल अउफीबीच पनि भेटवार्ता भएको थियो । उहाँहरुबीच दुई देशबीचको सम्बन्ध तथा उर्जाका क्षेत्रमा रहेका सम्भावित आपसी सहयकार्य र लाभका बारेमा कुराकानी भएको थियो ।