९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवतीहरुलाई लैङ्गिक हिंसाबाट जोगाउन लुम्बिनीमा ‘सेफ गर्ल्स’ परियोजना शुरु



अ+ अ-

काठमाडौं । किशोरीहरूलाई हानिकारक अभ्यास तथा लैङ्गिक हिंसाबाट जोगाउने उद्देश्यले लुम्बिनी प्रदेशमा ‘सेफ गल्र्स’ परियोजना शुरु गरिएको छ ।

विद्यालयभित्र र बाहिर रहेका किशोरकिशोरीसम्म वृहत यौनिकता शिक्षाको पहुँच पु-याउन तथा लैंगिक हिंसा रोकथाम र सम्बोधनका लागि स्थानीय तहका सेवाहरूलाई बलियो बनाउन सहयोग पु¥याउने उद्देश्यले परियोजना शुरु गरिएको हो । कोरिया अन्तर्राष्ट्रिय सहकारी एजेन्सी (कोइका) र संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपीए) को सहयोगमा तथा प्रादेशिक मन्त्रालयहरूको सहकार्यमा उक्त परियोजना शुरू भएको हो ।

कोइकाले परियोजनाका लागि ६६ लाख अमेरिकी डलरको सहयोग प्रदान गर्नेछ । जसअन्तर्गत लुम्बिनी प्रदेशमा मात्र २२ लाख अमेरिकी डलर विनियोजन गरिएको छ । ‘सेफ गल्र्स’ परियोजनामार्फत किशोरीहरूलाई सामाजिक सञ्जाल निर्माण गर्न सहयोग पु¥याउनुका साथै डिजिटल प्रविधिको प्रयोग गरी सुरक्षित स्थानहरू उपलब्ध गराइने बताइएको छ । उक्त परियोजना नेपालका लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका २० स्थानीय तहमा परियोजना लागू गरिने बताइएको छ ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले किशोरीहरूको सशक्तिकरणमा राज्यको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । परियोजनाको शुभारम्भ गर्दै उहाँले समाजमा सचेतना अभिवृद्धि गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

नेपालका लागि प्लान इन्टरनेसनलका निर्देशक राम किसनले किशोरीहरूलाई सशक्त बनाउन सुरक्षित स्थानहरू तथा लैङ्गिक हिंसाविरुद्धको सुदृढ समर्थन प्रणाली आवश्यक रहेको बताउनु भयो । लुम्बिनी प्रदेशसभा सदस्य वसन्ती न्यौपानेले यस परियोजनाले लैङ्गिक समानताको अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।