२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

रुसले बर्बरता रोक्न चाहन्छ, यो अर्थहीन युद्ध होः अमेरिकी राष्ट्रपति ट्रम्प

रुसले बर्बरता रोक्न चाहन्छ, यो अर्थहीन युद्ध होः अमेरिकी राष्ट्रपति ट्रम्प
अ अ+ अ-

एजेन्सी । युक्रेनमा युद्धको अन्त्यका लागि संयुक्त राज्य अमेरिका र रुसबीचको वार्तापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी, रुसी र उत्तर कोरियाबीचका सैनिकहरूमाथि युद्धले पारेको क्षतिलाई उद्धृत गर्दै रुस द्वन्द्वको अन्त्य गर्न चाहन्छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले युद्धलाई ‘अर्थहीन’ भनेर जोड दिनुभयो र यो कहिल्यै हुनु नहुने थियो भन्दै उहाँको नेतृत्वमा यो हुने थिएन भनी जोड दिनुभयो ।

युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी अधिकारी र रुसी प्रतिनिधिहरूबीचको वार्ताको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले आफू ‘धेरै बढी विश्वस्त’ भएको र ‘वार्ता धेरै राम्रो भएको’ बताउनुभयो ।

“रुसले केही गर्न चाहन्छ । उनीहरू त्यहाँ भइरहेको बर्बरतालाई रोक्न चाहन्छन् । साप्ताहिक रूपमा हजारौँ सैनिक मारिँदैछन् । रुसी र युक्रेनी सैनिकहरूबाहेक धेरै कोरियाली मारिएका छन्”, मार–अ–लागोमा मङ्गलबार (स्थानीय समय)कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्दै ट्रम्पले भन्नुभयो, “हामी यसलाई अन्त्य गर्न चाहन्छौँ, यो एक अर्थहीन युद्ध हो । यो कहिल्यै हुनु हुँदैनथ्योस म राष्ट्रपति भएको भए यो कहिल्यै हुने थिएन ।”

उल्लेखनीय छ, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अन्य अधिकारीहरूसँग वार्ता गर्नुभयो । वार्तामा युक्रेनको स्थितिसहित विभिन्न विषयमा केन्द्रित भएर दुवै पक्षले सङ्घर्ष समाधान गर्न र यसका मूल कारणहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साउदी अरबमा चार घन्टाभन्दा बढी समय चलेको वार्तापछि अमेरिका र रुस चारवटा मुख्य सिद्धान्तमा सहमत भएको मङ्गलबार रुबियोले बताउनुभयो । यसमा ‘युक्रेनमा द्वन्द्वको अन्त्यका लागि वार्ता गर्न र काम गर्न’ मद्दत गर्न एक उच्चस्तरीय टोली नियुक्त गर्नु समावेश छ जुन ‘संलग्न सबै पक्षहरूलाई स्वीकार्य छ’, भनी सिएनएनले जनाएको छ ।

तथापि छलफलको हिस्सा नभएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन ‘रुसको अल्टिमेटमलाई आत्मसमर्पण गर्नेछैन’ भन्दै युक्रेनको सहभागिता बिना भएको कुनै पनि सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गर्ने कुरामा जोड दिनुभयो ।

एक्समा एक पोस्टमा रूसी विदेश मन्त्रालयले लेखेको छ, “विदेशमन्त्री सर्गेई लाभरोभ र राष्ट्रपतिका सहयोगी युरी उशाकोभले विदेशमन्त्री रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकोफसँग वार्ता गर्नुभयो । दुवै पक्ष रुस–अमेरिका संवाद स्थापना गर्न सहमत भएका छन् ।”

रुस–अमेरिका परामर्शमा रुसी विदेश मन्त्रालयले एक प्रेस विज्ञप्तिमा भनेको छ, “सहभागीहरूले द्विपक्षीय सम्बन्धहरूलाई सामान्य बनाउने सम्भावनासहित विषयहरूको व्यापक दायरामा छलफल गरे । पक्षहरू सकेसम्म चाँडो सम्बन्धित राजदूतहरू नियुक्त गर्न र दुई देशका कूटनीतिक मिशनहरूको गतिविधिमा लगाइएका प्रतिबन्धहरू हटाउन उपविदेशमन्त्रीहरूको स्तरमा परामर्श सुरु गर्न सहमत भए ।”

“दुवै पक्षले युक्रेन वरपरको स्थितिमा विचार आदानप्रदान गरे र द्वन्द्व समाधानका लागि आपसी प्रतिबद्धता दोहो¥याए । रुसी पक्षले द्वन्द्वका मूल कारणहरू हटाउन, दीर्घकालीन र स्थायी शान्ति प्राप्तिका लागि उचित अवस्था सिर्जना गर्न र यस क्षेत्रका सबै देशहरूको सुरक्षा र वैध हितहरू सुनिश्चित गर्ने महत्त्वलाई जोड दियो । निकट भविष्यमा नियुक्त हुने विशेष दूतहरूमार्फत यस क्षेत्रमा संयुक्त कार्य जारी राख्ने सहमति भयो”, विज्ञप्तिमा उल्लेख छ ।

आणविक शक्ति र संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्यहरूका रूपमा शान्ति र सुरक्षाका मामिलाहरूमा रुस र संयुक्त राज्य अमेरिकाको विशेष जिम्मेवारीको बारेमा सचेत रहँदै दुवै राष्ट्र अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्न सञ्चार माध्यमहरू पुनः सुरु गर्न पनि सहमत भएका छन् । विज्ञप्तिमा उल्लेख भए अनुसार रुसी र अमेरिकी राष्ट्रपतिहरूबीचको बैठक तयार गर्न संयुक्त कार्य जारी राख्ने चासो पुष्टि गरिएको छ ।