१७ असार २०८३, बुधबार
,
Latest
विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द ‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री… नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जावलाखेल स्थित केन्द्रीय चिडियाखाना बन्द हुने अवस्थामा



अ+ अ-

काठमाडौं । ललितपुरको जावलाखेल स्थित केन्द्रीय चिडियाखाना आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ ।

सरकारले गत चैत ११ गते देखि लकडाउन गरेपछि चिडियाखानाको आम्दानी नहुँदा आर्थिक अभाव हुनगई चिडियाखाना नै बन्द हुने अवस्थामा पुगेको हो । सदर चिडियाखानाका आयोजना अधिकृत डा. चिरन्जीबी पोखरेलले आम्दानी बन्द हुँदा बन्यजन्तुको रेखदेख, खानपिन र सरसफाइमा खर्च व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो । चिडियाखानाको मूख्य आम्दानी चिडियाखाना हेर्न जानेहरुबाट लिइने टिकट शुल्क हो । तर अहिले चिडियाखाना प्रवेश पूर्णरुपमा बन्द छ । २०७६ चैत महिनाको पहिलो साता देखि नै चिडियाखाना प्रवेश पूर्ण रुपमा बन्द रहेकाले आम्दानी शुन्य भएको उहाँले बताउनुभयो । चिडिया खानाको आम्दानी प्रति महिना १ करोड रुपैयाँ बराबर हुन्थ्यो भने खर्च पनि सोही रकम बराबर नै हुने गरेको डा. पोखरेलको भनाई छ । तर आम्दानी शुन्य भएपछि आर्थिक समस्या देखिएको र चिडियाखानालाई नै कसरी बचाउने भन्ने चुनौति थपिएको उहाँले बताउनुभयो । अहिले चिडिया खानामा १ सय १० प्रजातिका १ हजार भन्दा बढी बन्यजन्तु रहेका छन् । त्यस्तै ७५ जना कर्मचारी चिडिया खानामा कार्यरत छन् । सबैतर्फ खर्च  व्यवस्थापनको समस्या हुँदा भोलिको दिनमा चिडियाखानालाई सञ्चालन गर्न चुनौति थपिएको उहाँले बताउनुभयो ।

आर्थिक अभावका कारण चिडिया खानाका कर्मचारीले आधा महिनाको तलब लिएर काम गरिरहेको पनि डा. पोखरेलले बताउनुभयो । वित्तीय हिसाबले ऋणात्मक अवस्थामा पुगेको चिडियाखाना सरकारको सम्पत्ति हो । विगत २० वर्ष देखि चिडियाखना आफ्नै आम्दानीबाट सञ्चालन हुँदै आएको छ । अहिले कोभिड १९ का कारण पूर्ण रुपमा बन्द गर्नुपर्दा आम्दानी शुन्य भएको छ । यस्तो अवस्थामा सरकारले आफ्नो सम्पत्तिको सुरक्षाका लागि पनि आर्थिक सहयोग गरी चिडियाखानालाई बचाउनुपर्ने डा. पोखरेलले बताउनुभयो ।

बन्यजन्तुका लागि लामो समय खानेकुरा मौजात राख्न सक्ने अवस्था पनि चिडियाखानासँग छैन । गेडागुडी लगायतका खानेकुरा एक महिना सम्मका लागि मौजात रहने भएपनि माछा मासुको मौजात एक साता भन्दा बढी राख्न सक्ने क्षमता चिडियाखानासँग छैन । त्यसैले लकडाउनको समयमा बन्यजन्तुको खानेकुरा ल्याउन समेत समस्या हुने गरेको छ । यस्तै सरकारले सबै क्षेत्रलाई खोल्ने निर्णय गरे चिडियाखाना सञ्चालन गर्ने सम्बन्धमा तयारी गरिसकेको पनि पोखरेलले बताउनुभयो । उहाँले कोभिडको संक्रमणका बिच पनि अन्य क्षेत्र खुल्दा चिडियाखानालाई कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा योजना बनाइसकेको पनि बताउनुभयो । 




भर्खरै