१७ असार २०८३, बुधबार
,
Latest
विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द ‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री… नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुग्यो, थप ६ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ जना महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । 

चितवनमा ४० वर्षिया, भक्तपुरमा ४० वर्षिया, तनहुँमा ९२ वर्षिया र रुपन्देहीमा ७७ वर्षिया महिलाको मृत्यु भएको हो । 

यस्तै सिन्धुपाल्चोकमा ७७ वर्षिय र रुपन्देहीमा ६५ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । 

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ । 
 




भर्खरै