६ श्रावण २०८३, बुधबार
,
Latest
शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानमा तीन दिनसम्म चलेको अर्धसैनिक हमलामा २०० भन्दा बढीको मृत्यु



अ+ अ-

एजेन्सी । सुडानी अर्धसैनिक बलहरूले देशको दक्षिणका गाउँहरूमा तीन दिनको आक्रमणमा महिला र बालबालिकासहित दुई सयभन्दा बढी व्यक्तिको हत्या गरेको युद्धको निगरानी गर्ने एक वकिल समूहले मङ्गलबार बताएको छ ।

अधिकार उल्लङ्घनको अभिलेखीकरण गर्ने इमर्जेन्सी लयर्सका अनुसार नियमित सेनासँग झन्डै दुई वर्षदेखि युद्धमा फसेको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)ले ‘ह्वाइट नाइल राज्यको अल–कदारिस र अल–खेलवात गाउँहरूमा कुनै सैन्य उपस्थिति नभएका क्षेत्रहरूमा निहत्था नागरिकहरूमाथि आक्रमण गरेको’ थियो ।

आरएसएफले शनिबारदेखि आक्रमणका क्रममा ‘हत्या, अपहरण, जबरजस्ती बेपत्ता र सम्पत्ति लुटपाट’ गरेको छ, जसमा सयौँ घाइते वा बेपत्ता भएका छन् ।

वकिल समूहका अनुसार नाइल नदी पार गरेर भाग्ने प्रयास गर्दा केही बासिन्दालाई गोली हानिएको थियो । गाउँलेहरूमाथि भएको आक्रमणलाई ‘नरसंहार’ को कार्य भन्दै वकिलहरूले केही व्यक्तिहरू डुबेर मरेको बताएका छन् ।

सन् २०२३ अप्रिलदेखि सुडान सेना प्रमुख अब्देल फत्ताह अल–बुरहान र उहाँका पूर्व सहायक आरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोका सेनाहरू बीच निर्मम सङ्घर्षमा फसेको छ ।

दुवै पक्षमाथि दुव्र्यवहार र युद्ध अपराधको आरोप लगाइएको छ ।

युद्धले दशौँ हजारको ज्यान लिएको छ, एक करोड २० लाखभन्दा बढीलाई विस्थापित गरेको छ र इन्टरनेसनल रेस्क्यु कमिटीले ‘अहिलेसम्म अभिलेखित सबैभन्दा ठूलो मानवीय सङ्कट“ भनेको स्थिति सिर्जना गरेको छ ।