काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरुले अध्यादेशको बारेमा अनावश्यक बखेडा झिकेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद घिमिरेले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै अध्यादेश ल्याइएको बताउनु भयो । उहाँले आर्थिक उदारीकरण र आर्थिक उत्पादनको क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नको लागि अध्यादेश ल्याइएको बताउनु भयो । उहाँले उहाँले अध्यादेश ल्याइएकोबारे प्रतिपक्षी दलहश्रले प्रश्न गर्ने गरेको उल्लेख गर्दै बिग्रियो अध्यादेशले के बिग्रियो भन्दै प्रतिप्रश्न गर्नुभयो । उहाँले यदि विरोध नै गर्ने भए संविधानबाटै अध्यादेश ल्याउने कुरा हटाउनुपर्ने बताउनु भयो । उहाँले संविधान संशोधनको कुरा उठिरहेको उल्लेख गर्दै अध्यादेश ल्याउने व्यवस्था खारेज गर्न प्रश्ताव राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘आर्थिक उदारीकरणको क्षेत्रमा, निजी क्षेत्रलाई आर्थिक उत्पादनको क्षेत्रमा प्रोत्साहित गर्नुपर्छ भन्ने विषयमा, विश्व बजारीकरणका विषयमा लगभग यो संसदभित्र एकदुई जनाबाहेक सबैको सहमति भएको मैले पाएको छु । भाषण गर्दा त्यही बोल्नुहुन्छ, संसदको राष्ट्रममा उभिएर पनि त्यही बोल्नुहुन्छ । अध्यादेश ल्याउँदा बिग्रियो चाहीँ के? अनि यहाँ सत्तापक्ष र प्रतिपक्ष हुनुपर्ने जरुरत चाँही किन पर्यो ? कि त अध्यादेश ल्याउने व्यवस्था नै हामीले संविधानबाट हटाउँ । त्यो पनि सहमतिबाटै गरौं । संविधान संशोधनको विषय उठि नै रहेको छ । अध्यादेश ल्याउने कुरा संविधानबाट हटाउँ । त्यो पनि हुनसक्छ । होइन भने अध्यादेश किन ल्याउने भन्ने कुरा मत संविधानमै स्पष्ट उल्लेख गरेको छ । संसद छलेर अध्यादेश ल्याइयो भनियो । कँही संसद छलेर कानून बन्छ रु संसदमै आउने होइन । यस्ता विषयमा बेकारको बखेडा झिक्नुपर्ने अवश्यकता छ जस्तो मलाई लाग्दैन ।’
प्रतिपक्षी दलहरुले संसद छलेर अध्यादेश ल्याएको आरोप लगाउने गरेको उल्लेख गर्दै उहाँले संसद छलेर कानून नबन्ने स्पष्ट पार्नुभयो । अध्यादेशमा सुधार गर्नुपर्ने कुरामा आवश्यक संशोधन हाल्न सकिने उहाँको भनाइ छ ।









