२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

सिस्नेरी खानेपानी आयोजना तीव्र गतिमा अघि बढ्छ : मन्त्री यादव

सिस्नेरी खानेपानी आयोजना तीव्र गतिमा अघि बढ्छ : मन्त्री यादव
अ अ+ अ-

काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले मकवानपुरस्थित सिस्नेरी खोलाको खानेपानी आयोजनालाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाउनु भएको छ ।

काठमाडौँ उपत्यकाको खानेपानी आपूर्तिलाई दिगो र भरपर्दो बनाउने लक्ष्यसहित मन्त्री यादवले सिस्नेरी आयोजनाको मुहान निरीक्षण गर्दै स्थलगत अवलोकन गर्नु भएको थियो । निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले आयोजनालाई यथाशक्य चाँडो सम्पन्न गर्ने स्पष्ट निर्देशन दिएको जानकारी गराउनुभयो ।

“वर्षायाममा मेलम्चीमा कुनै अवरोध आए उपत्यकावासीले खानेपानी अभाव भोग्न नपरोस् भन्ने हाम्रो उदेश्य हो । त्यसैले, सिस्नेरी आयोजना तीव्र रूपमा अघि बढाइनेछ,” मन्त्री यादवले भन्नुभयो ।

उक्त महत्वाकांक्षी आयोजना समयमै सम्पन्न गर्न संघीय, प्रदेश, र स्थानीय सरकारको समन्वय अपरिहार्य रहेको मन्त्री यादवको भनाइ छ । साथै, उहाँले अन्तर्राष्ट्रिय विकास साझेदारहरूको प्रविधि, वित्तीय सहयोग, र अनुभवबाट परियोजना छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “मैले तीनै तहका सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूलाई यस आयोजनामा सहयोग गर्न आग्रह गरेको छु । काठमाडौँ उपत्यकाका नागरिकलाई भरपर्दो र दिगो खानेपानी उपलब्ध गराउन हाम्रो सामूहिक प्रयास आवश्यक छ ।”

काठमाडौँ उपत्यकावासी नागरिकलाई बाह्रै महिना पानी वितरण गर्ने एवम् २४ घण्टा पानी धारामा पठाउने योजना अनुसार सिस्नेरी खोला खानेपानी आयोजनाको कामलाई तीब्र रुपमा अघि बढाउन लागिएको मन्त्री यादवको भनाई छ ।

मकवानपुरको सिस्नेरी खोलामा बाँध निर्माण गरी पानी सङ्कलन गरिने र आयोजना सम्पन्न भएपछि दैनिक १३ देखि १४ करोड लिटर पानी ललितपुरको भेसेपाटी सैंबु जलाशयमा पठाई ललितपुर क्षेत्रभित्र वितरण गर्ने योजना रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) का कार्यकारी निर्देशक संजीबवीक्रम राणाले जानकारी दिनुभयो ।

सिस्नेरी आयोजना ललितपुरको सैंबु रिजर्भवायरबाट करिब १९ किलोमिटर दक्षिणमा पर्दछ । यो आयोजना कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर हुँदै बगेको बागमती नदी नजिकै अवस्थित रहेको छ । सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानी खोलाको शाखा हो भने कुलेखानी बागमती नदीको सहायक खोला हो ।

यस परियोजनालाई दीर्घकालीन महत्वको आयोजनाका रूपमा लिइएको छ । सिस्नेरीमा बाँध निर्माण गरी कोगटे खोला र कुलेखानी खोलाको पानी वर्षायाममा सङ्कलन गर्ने योजना बनाइएको र सङ्कलित पानीलाई पम्पिङ प्रणालीमार्फत सैंबु जलाशयमा पुर्‍याइनेछ, जसले ललितपुर महानगर क्षेत्रभरि खानेपानी वितरणको सुनिश्चितता गर्नेछ ।

सरकारको तीव्र पहल र सबै पक्षको सहकार्यले उक्त आयोजना समयमै सम्पन्न भई काठमाडौँ उपत्यकावासी नागरिकहरुको खानेपानी अभाव अन्त्य गर्ने विश्वास गरिएको छ ।