२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

च्याम्पियन्स ट्रफीः २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान

च्याम्पियन्स ट्रफीः २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान
अ अ+ अ-

एजेन्सी । सुरक्षा चिन्ताका कारण निषेधित देश भएको केही वर्षपछि एउटा ऐतिहासिक कदमका रूपमा स्वागत गरिएको पाकिस्तानले बुधबारदेखि करिब तीन दशकमा पहिलो प्रमुख क्रिकेट प्रतियोगिता आयोजना गर्दैैछ ।

अधिकारीहरूले यसलाई सहज र सुरक्षित रूपमा निकाल्न सकेको खण्डमा आगामी साढे दुई हप्तामा तीनवटा सहरमा च्याम्पियन्स ट्रफी आयोजना गर्दा दक्षिण एसियाली यस राष्ट्रको प्रतिष्ठामा ठूलो बढोत्तरी हुनेछ ।

“पाकिस्तान एक सुरक्षित देश हो र यो प्रशासनको दृष्टिकोणबाट यस्तो विश्वव्यापी प्रतियोगिता गर्न सक्षम छ भनेर विश्वलाई विश्वास दिलाउन गम्भीर मेहनत र विश्वास दिलाउन आवश्यक थियो”, पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)का पूर्वअध्यक्ष रमिज राजाले भन्नुभयो, “विश्वले अन्ततः हाम्रो दृष्टिकोण बुझ्यो ।”

राजाको कार्यकालमा सन् २०२१ मा यो प्रतियोगिता प्रदान गरिएको थियो ।

लामो समयदेखि चलिरहेको राजनीतिक तनावका कारण छिमेकी र कट्टर प्रतिद्वन्द्वी भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि यो तयारी कुनै समस्या बिना भएको छैन ।

मैदान भित्र र बाहिर खेलको शक्तिशाली राष्ट्र भारतले त्यसको सट्टा आफ्ना खेलहरू दुबईमा खेल्नेछ तर अन्य सात देश पाकिस्तानमा आधारित हुनेछन् ।

प्रमुख सहरहरूमा आक्रमणहरू विरलै हुने गरेको भए पनि विशेष गरी आयोजक सहरहरू कराची, लाहोर र रावलपिन्डीमा देशले सुरक्षा बढाएको छ ।

पाकिस्तानले सन् २००८ मा विश्वकपपछि प्रमुख एकदिवसीय प्रतियोगिता च्याम्पियन्स ट्रफी आयोजना गर्ने भएको थियो ।

सेप्टेम्बर ११ को आक्रमणपछि छिमेकी अफगानिस्तानको युद्धबाट फैलिएको सुरक्षा सङ्कटका कारण त्यसको सट्टा एक वर्षपछि दक्षिण अफ्रिकामा आयोजना गरिएको थियो ।

इस्लामवादी बन्दुकधारीहरूले लाहोरमा श्रीलङ्काको टोली बोकेको बसमा आक्रमण गरेपछि धेरै खेलाडी घाइते भएका थिए र आठ जना प्रहरी र सर्वसाधारणको मृत्यु भएपछि सन् २००९ मा पाकिस्तान अन्तर्राष्ट्रिय पक्षहरूका लागि निषेधित क्षेत्र बन्यो ।

तर सन् २०१४ मा सुरु भएको र केही वर्षसम्म चलेको व्यापक सैन्य कारबाहीपछि सुरक्षामा व्यापक रूपमा सुधार भएको छ।

सन् २०१९ मा टेस्ट क्रिकेट पाकिस्तानमा फर्कियो । त्यसपछि अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले देशको भ्रमण गरे र यसले पाकिस्तानको प्रतियोगिता आयोजना गर्ने प्रयासलाई सहयोग पुर्‍यायो ।

ती सबै टोली च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानमा हुनेछन् ।

– आतङ्कवादले सबै कुरा लियो –

सतहत्तर वर्षीय व्यवसायी हाजी अब्दुल रज्जाकका लागि विश्वव्यापी प्रतियोगिता पाकिस्तानमा फर्कनु अर्को जन्मदिन जस्तै हो ।

पाकिस्तानले अन्तिम पटक सन् १९९६ मा भारत र श्रीलङ्कासँग सह–आयोजकका रूपमा प्रमुख अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो ।

श्रीलङ्काले अस्ट्रेलियालाई हराएर उपाधि जितेको बेला रज्जाकले सन् १९९६ मार्च १७ मा लाहोरको गद्दाफी स्टेडियममा श्रीलङ्काको झन्डा फहराउनुभएको थियो ।

उनन्तीस वर्षपछि क्रिकेट प्रेमी रज्जाकले बुधबार कराचीमा च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा विजेता पाकिस्तान र न्युजिल्यान्डबीच हुने खेल हेर्नुहुनेछ ।

“यो मेरो दिमागमा ताजा छ, मेरो देश त्यस बेला फस्टाउँदै थियो र क्रिकेट सबैको मनमा थियो”, आँखा रसाएका रज्जाकले भन्नुभयो, “आतङ्कवादले हामीबाट सबै कुरा लियो । म एक विश्वव्यापी प्रतियोगिता हाम्रो देशमा फर्किएको देख्दा अति खुशी छु र यो मेरो जन्मदिन हुने जस्तो महसुस गरिरहेको छ ।”

आतङ्कवाद अझै पनि पाकिस्तानमा खतरा भए पनि हिंसा स्टेडियमहरूबाट धेरै टाढा उत्तरदेखि दक्षिणसम्म दुर्गम सीमावर्ती क्षेत्रहरूमा लगभग पूर्ण रूपमा सीमित छ ।

राजधानी इस्लामाबादलाई लकडाउनमा राखी पाकिस्तानले हालै साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलन र बालिकाहरूको शिक्षामा विश्वव्यापी बैठक आयोजना गरेको छ । यसले अन्तर्राष्ट्रिय मञ्चमा पाकिस्तानले आफ्नो प्रोफाइल बढाएको छ ।

आफ्नो तयारीको परीक्षणका रूपमा पाकिस्तानले गत हप्ता न्युजिल्यान्ड र दक्षिण अफ्रिकासँग त्रिदेशीय शृङ्खला आयोजना गर्‍यो र लाहोर र कराचीमा भर्खरै नवीकरण गरिएको स्टेडियमहरूमा दर्शकहरू भेला भए ।

सन् १९८७ मा पाकिस्तान र भारतले आयोजना गरेको विश्वकपमा खेलेका पाकिस्तानका पूर्व कप्तान राजाले च्याम्पियन्स ट्रफीको आयोजना खेलभन्दा बाहिर धेरै महत्त्वपूर्ण रहेको बताउनुभयो ।

“यो च्याम्पियन्स ट्रफी विश्व क्रिकेट समुदायमा आफ्नो स्थानलाई सामान्य बनाउने तर्फको महत्त्वपूर्ण कदम हो”, उहाँले भन्नुभयो, “यो राष्ट्रिय गौरव र लचिलोपन र दृढताको बारेमा बलियो सन्देश पठाउने कुरा पनि हो, यो युवा संलग्नता, सांस्कृतिक प्रवद्र्धन र विश्वव्यापी छवि निर्माण गर्ने बारे हो, अब प्रस्तुत गर्ने जिम्मेवारी हामीमाथि छ ।”