८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अमेरिकामा ट्रम्पको  प्रचारमा आयोजित परेडमा सामेल कैयौ डुङ्गा डुबे

अमेरिकामा ट्रम्पको  प्रचारमा आयोजित परेडमा सामेल कैयौ डुङ्गा डुबे
अ अ+ अ-

काठमाडौँ । (बिबिसी) : अमेरिकी राज्य टेक्ससको एउटा तालमा राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थनमा आयोजित परेडमा सहभागी भएका कैयन् डुङ्गा डुबेका छन्। सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा ट्रम्पको चुनाव प्रचारका झण्डा सहितका डुङ्गाहरू एकअर्काको निकै नजिक तैरिरहेका देखिन्छन्।

उक्त ट्राभिस काउन्टीका शेरिफको कार्यालयका अनुसार केही डुङ्गामा पानी पसेको थियो, केही रोकिएका थिए भने केही डुबेका थिए। कार्यालयले घटनाको अनुसन्धान थालेको छ तर नियतवश दुर्घटना भएको कुनै प्रमाण नभएको पनि जनाएको छ। घटनामा कोही घाइते भएका छैनन्।

अधिकारीहरूका अनुसार धेरै सङ्ख्यामा डुङ्गाहरू एक आपसको नजिकै चलेको हुँदा त्यसले तालको पानीमा ल्याएको तरङ्गका कारण छाल उत्पन्न भएपछि सो घटना भएको हुनसक्छ। लेक ट्राभिस टेक्सस राज्यको राजधानी अस्टिनबाट नजिकै छ। लेक ट्राभिस ट्रम्प बोट परेडु नाम दिइएको सो समारोह फेसबुकमार्फत् आयोजना गरिएको थियो। करिब २६ सय मानिसले त्यसमा सहभागिता जनाएको फेसबुकमा उल्लेख गरेका थिए।

उक्त घटना स्थानीय समय अनुसार शनिवार दिउँसो भएको थियो। फेसबुकमा उल्लेख भएअनुसार सहभागी डुङ्गाहरूलाई १६ किलोमिटर प्रतिघण्टाको वेगमा चल्न भनिएको थियो। घटना भएको समयमा सो स्थानमा कुनै आँधी वा हावाहुरी नआएको अस्टिनस्थित राष्ट्रिय मौसम सेवाका अधिकारी पाउल युराले बताएका छन्।

नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनको तर्फबाट ट्रम्प दोस्रो कार्यकालका निम्ति लड्दैछन् भने विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडनले उनको सामना गर्दैछन्। चुनावको मिति नजिकिँदै जाँदा दुवै पक्षबाट प्रचारप्रसार कार्य तीव्र भइरहेको छ।