२८ भाद्र २०८३, आईतवार
,
Latest
सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीमाथि ब्राइटनको शानदार जित



अ+ अ-

काठमाडौँ। इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित भएको छ।

गएराती सम्पन्न खेलमा ब्राइटनले चेल्सीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । ब्राइटनको जितमा यानकुबा मिनटेहले २ गोल गरेका थिए भने काओरु मिटोमाले एक गोल गरेका थिए ।

पहिलो हाफको २७ औँ मिनेटमा जापानिज फरवार्ड मिटोमाको गोलमा ब्राइटनले सुरुवाती अग्रता बनाएको थियो।  खेलको ३८ औँ मिनेटमा मिन्टेहको गोलमा ब्राइटनले अग्रता दोब्बर पारेको थियो। उनले नै खेलको ६३ औँ मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दा टोलीको अग्रता ३–० ले फराकिलो पारे।

अङ्कतालिकामा चेल्सी २५ खेलमा ४३ अङ्कसहित चौथो र ब्राइटन समान २५ खेलमा ३७ अङ्कसहित आठौं स्थानमा छ । लिभरपुल २४ खेलमा ५७ अङ्कसहित शीर्ष स्थानमा छ