काठमाडौँ। इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित भएको छ।
गएराती सम्पन्न खेलमा ब्राइटनले चेल्सीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । ब्राइटनको जितमा यानकुबा मिनटेहले २ गोल गरेका थिए भने काओरु मिटोमाले एक गोल गरेका थिए ।
पहिलो हाफको २७ औँ मिनेटमा जापानिज फरवार्ड मिटोमाको गोलमा ब्राइटनले सुरुवाती अग्रता बनाएको थियो। खेलको ३८ औँ मिनेटमा मिन्टेहको गोलमा ब्राइटनले अग्रता दोब्बर पारेको थियो। उनले नै खेलको ६३ औँ मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दा टोलीको अग्रता ३–० ले फराकिलो पारे।
अङ्कतालिकामा चेल्सी २५ खेलमा ४३ अङ्कसहित चौथो र ब्राइटन समान २५ खेलमा ३७ अङ्कसहित आठौं स्थानमा छ । लिभरपुल २४ खेलमा ५७ अङ्कसहित शीर्ष स्थानमा छ










