• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा ★   चाबहिलमा काठमाडौं महानगरले चलायो डोजर ★   अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै ★   प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ ★   कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै ★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

ललितपुरको पुल्चोक देखि सोह्रखुट्टे पाटीसम्म यसरी तानियो मत्स्येन्द्रनाथको रथ, हेरौ यी तस्विर



काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ आज (आइतबार) दिउसो तानिएको छ । 

रथ रहेको स्थान ललितपुरको पुल्चोक देखि केही पर सोह्रखुट्टे पाटी सम्म तानिएको हो । परम्पराअनुसार पुल्चोकबाट गाःबहाल क्षेत्रमा रथ पुर्याउनुपर्छ । तर यस वर्ष कोभिड १९ महामारीका कारण रथलाई केही पर सम्म मात्रै तानिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो । महर्जतले कोभिड महामारीको कारणले गर्दा रथ यात्रामा परिवर्तन गरिएको बताउनुभयो । रथलाई ६÷७ किलोमिटर सम्म (बुङमती) नपुर्याई अलिकपत तानेर टुङ्ग्याउने योजना अनुसार आज तानिएको महर्जनले बताउनुभयो । उहाँले भदौ २६ गते उपयुक्त साइतमा रातो मत्स्येन्द्रनाथको मुर्तिलाई अवतरण गराई बुङ्मति लगिने कार्यक्रम तय भइसकेको बताउनुभयो । त्यसको चार दिन पछि भदौ २९ गते विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने पनि उहाँले बताउनुभयो । 

यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम भने आयोजना हुने छैन । रथ तान्ने कार्यक्रमका लागि ४ सय ३४ जना सहभागि भएका थिए । जसमध्ये १ सय ६० जना रथ तान्नका लागि, १ सय २४ जना स्वयंसेवक, करिब ३० जना बाजागाजा बनाउने र ज्यापु समाजका पदाधिकारी गरि करिब साडे तीन सय जना मानिसहरु रथ तान्ने कार्यक्रममा भेला भएका थिए । प्रहरीले कार्यक्रम स्थललाई चारै तर्फबाट घेरा हालेर सुरक्षा दिएको थियो । गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना रथ तान्न थालेपछि विवाद भएको थियो । यस्तै रथ यात्रा गर्न शुक्रबार क्षमा पूजा समेत गरिएको थियो ।