८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आर्थिक क्षेत्रलाई कसरी सञ्चालन गर्ने भन्ने बारेमा व्यवसायी – प्रम छलफल

आर्थिक क्षेत्रलाई कसरी सञ्चालन गर्ने भन्ने बारेमा व्यवसायी – प्रम छलफल
अ अ+ अ-

काठमाडौ । कोरोना सक्रमण कारण चैत्रदेखि ठप्प गरेको आर्थिक क्षेत्रलाई कसरी चलायमान गराउन सकिन्छ भन्ने बारेमा प्रधानमन्त्री  केपी शर्मा ओलीले निजी क्षेत्रमा प्रतिनिधि मुलक संस्थाका प्रतिनिधिहरु संग छलफल गर्नुभएको छ ।  

आईतबार साँझ बालुवाटारमा भएको छलफलमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ  र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरु सहभागी रहनु भएको थियो । छलफलमा व्यवसायीहरुले अर्थतन्त्र  निकै खराब अवस्थामा पुगेको भन्दै  निजी क्षेत्रलाई सम्बोधन हुने कार्यक्रम ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

साना लगानीमा संचालन भएका व्यवसायीको मर्कादेखि बैक तथा वित्तीय संस्था बाट प्रबाह भएको कर्जा र ब्याजको समयसीमाका बारेमा व्यवसायीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।   व्यवसायीका गुनासा सुनेपछि प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रको साथमा रहेको स्पष्ट पार्दै स्वास्थ्यमा मापदण्डहरु पुरा गर्दे क्रमशः व्यवसायहरु संचालन गर्ने वातावरण मिलाउने तर्फ काम गर्न  आग्रह गर्नुभयो ।

उहाले आर्थिक क्षेत्र को जगेर्ना संगै स्वास्थ्यमा पनि ध्यान दिनु पर्ने भन्दै निजी क्षेत्रलाई  परिस्थितीको मुल्याङ्कन गर्न पनि सुझाब दिनुभयो ।आफु  यी बिषयमा गम्भिर रहेको भन्दै  प्रधानमन्त्री ओलीले यस  विषयमा निजी क्षेत्रसंग निरन्तर सम्वाद र सम्पर्कमा रहने पनि बताउनु भयो ।   उद्योगमन्त्री लेखराज भट्टको सहजीकरणमा भएको छलफलमा  पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले पनि व्यवसायीहरुका माग  र गुनासा बारे सरकारका तर्फ बाट धारणा राख्नु भएको थियो ।

 छलफलमा नेपाल उद्योल बाणिज्य महासंघका तर्फबाट अध्यक्ष भवानी राणा, बरिष्ठ उपाध्यक्ष  शेखर गोल्छा  तथा उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सहभागी हुनु भएको थियो । यसै गरी नेपाल उद्योग परिसंघ बाट शतिस मोर , विष्णु अग्रवाल र हरिभक्त शर्मा तथा नेपाल चेम्बर अफ कमर्स बाट राजेशकाजी श्रेष्ठ, राजेन्द्र मल्ल र दिपक मलहाेत्रा सहभागी हुनु भएको थियो ।