२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिशहोम इन्टरनेटको ‘समर स्पिड’ अफर: नयाँ ग्राहक र रिचार्ज गर्नेलाई थप ३ महिना बोनसको सुविधा



अ+ अ-

काठमाडौँ । डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै ‘समर स्पिड’ अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत, १०० एमबिपिएस, २०० एमबिपिएस र ३०० एमबिपिएसका वार्षिक तथा २४ महिने प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुनेछ। साथै, ग्राहकहरूले डिशहोम ईन्टरनेट वार्षिक जडानमा निस्शुल्क फाइभ(जी राउटर प्राप्त गर्ने अवसर पनि पाउने छन् ।

यस अफरका अनुसार, डिशहोम इन्टरनेटको १०० एमबिपिएस वार्षिक जडानको (राउटर तथा भ्याट सहितको) मूल्य रु ८५००, २०० एमबिपिएस वार्षिक जडान (राउटर तथा भ्याट सहितको) रु ११,५०० र ३०० एमबिपिएस वार्षिक जडान (राउटर तथा भ्याट सहितको) रु १३५०० रहेको छ ।

यो अफर नयाँ र पुराना ग्राहकहरूको लागि समान रूपमा उपलब्ध छ। पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यस अफरको फाइदा लिन सक्नेछन् ।

नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्नेछन् ।

थप जानकारीका लागि डिशहोम इन्टरनेटको ग्राहक सेवा नम्बर ०१-५९७०३६५ मा सम्पर्क गर्न सकिन्छ।




भर्खरै