१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः बाह्र जलविद्युत्गृहमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसपा नयाँ शक्तिको मतगणना १० बजेदेखि सुरू हुने



अ+ अ-

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना बुधबार बिहान १० बजेदेखि सुरू हुने भएको छ।

पार्टी प्रवक्ता कृष्ण शर्माका अनुसार मंगलबार राति अबेरसम्म मतदान भएको थियो। मतदान राति सकिएकाले मतगणना बिहान १० बजेदेखि गर्न लागिएको उनले बताए।

नेसपाले जारी महाधिवेशनबाट ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कमिटीको टुंगो लगाउन निर्वाचन गरेको थियो। अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन् ।

महिला र दलित उपाध्यक्षमा क्रमशः मानुषी यमी भट्टराई र दुर्गा सोब, कोषाध्यक्षमा हरि रिजलासँगै १७ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।