२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन…

उद्योगी, व्यवसायीले असुरक्षाको अनुभूति गर्नुपर्दैन : गृहमन्त्री लेखक

उद्योगी, व्यवसायीले असुरक्षाको अनुभूति गर्नुपर्दैन : गृहमन्त्री लेखक
अ अ+ अ-

सिन्धुली। गृहमन्त्री रमेश लेखकले कुनै पनि उद्योगी, व्यवसायीले डर, त्रास र असुरक्षाको अनुभूति गर्नु नपर्ने बताएका छन् । उनले सरकारले उद्यमी, व्यवसायीको सुरक्षाको नीति लिएको बताए ।

सिन्धुली उद्योग वाणिज्य संघको ३४औँ वार्षिक साधारण सभा एवं १५औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले निर्बाध रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

“व्यवसायीले शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न पाउनुपर्छ । तपाईँहरूमाथि कुनै पनि अवाञ्छित दबाब सिर्जना भएमा स्थानीय प्रशासन, गृह मन्त्रालयलाई जानकारी गराउनुस्, हामी निर्बाध रूपमा व्यवसाय सञ्चालन गर्ने अवस्थाका लागि प्रतिबद्ध छौँ”, गृहमन्त्री लेखकले भने।

नेपालको वर्तमान आयात, निर्यात संरचनालाई हेर्दा उच्च व्यापार घाटामा रहेको देखिएकाले स्वदेशी उत्पादन प्रवर्द्धन गर्दै आयात प्रतिस्थापन गर्ने नीति अवलम्बन गर्न आवश्यक रहेको उनको भनाइ थियो । “देशभित्र स्थापित उद्योगलाई महत्त्व दिँदै निर्यात गरेर व्यापार घाटा घटाउनु आजको आवश्यकता हो, यसका लागि उद्योगी, व्यवसायीको भूमिका महत्त्वपूर्ण छ”, लेखकले भने,“ “व्यापार, वाणिज्य, उद्योग, व्यवसायको कुरा निजी क्षेत्रले सञ्चालन गर्छ, सरकारले त्यसमा सहजीकरण र सहयोगको भूमिका मात्रै निर्वाह गर्छ । त्यसमा हामी सधैँ गम्भीर छौँ ।”

उत्पादन तथा बजार प्रवर्द्धनका लागि स्थानीय उत्पादनको उचित मूल्य, प्रशोधन उद्योग स्थापना तथा आधुनिक प्रविधिको विकास, जुनारजस्ता कृषिजन्य उत्पादनको दीर्घकालीन भण्डारण तथा निर्यात बढाउने, कोल्डस्टोर स्थापना गर्ने र अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउन सरकारको सधैँ सहयोग रहने पनि उनले स्पष्ट उल्लेख गरे ।

गृहमन्त्री लेखकले व्यापारिक वातावरण सुनिश्चित गर्न कानुनसमेत संशोधन गरिएको बताउँदै सिन्धुलीको जुनारलगायत स्थानीय उत्पादनलाई राष्ट्रिय अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन स्थानीय व्यवसायीलाई आग्रह गरे ।

यसैगरी उनले बाढी पहिरोका कारण भत्किएको बिपी राजमार्गको पुनः निर्माण कार्य चाँडै प्रारम्भ गरिने र तत्काल गर्नुपर्ने कामसमेत गम्भीरताका साथ अगाडि बढाइएको जानकारी दिए । आयोजक संस्थाका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले यहाँका व्यवसायीले भोग्नुपरेका समस्या र तिनको समाधानका लागि ध्यानाकर्षण गराएका थिए । उद्घाटन कार्यक्रम सम्पन्न भएसँगै नयाँ नेतृत्व चयनलगायत अन्य प्रक्रिया अगाडि बढ्ने उनले बताए । रासस