१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम फागुन ४ को बैठकमा



अ+ अ-

काठमाडौं। आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ ।

प्रतिनिधिसभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिए ।

सभामुख घिमिरेले भने, “प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ८ मा रहेका माननीय सदस्यहरूले फागुन महिनामा प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम माघ ३० गते दिनको ४ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखितरूपमा दिन सक्नुहुने बेहोरा जानकारी गराउँदछु ।”

सभामुख घिमिरेले सङ्घीय संसद्को बैठक नचलेको दिनमा विषयगत समितिका काम, कारबाही अगाडि बढाउन समितिका सभापति र सदस्यहरूको ध्यानाकर्षण समेत गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन ४ गते आइतबार अपराह्न दिनको १ बजे बस्नेछ । रासस