५ भाद्र २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चबाट बदर कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियर र भ्याली भ्यु सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल र भ्याली भ्यु ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले होली भिजनलाई ३८–२३ ले पराजित ग-यो । एक्सेल्सियरका सोङमेन तामाङले १९ अंक जोडे । भ्याली भ्युले ह्वाइटफिल्डलाई ४२–१३ ले सहजै हरायो । भ्याली भ्युका गणेशबहादुर विष्टले १३ स्कोर गरे ।

सिनियर ब्वाइजमै एलआरआईले निःसर्ग वाटिकालाई ४९–२७ तथा रेडियन्ट पब्लिकले स्वर्णिमलाई ४५–१६ ले पाखा लगाए । एलआरआईका ¥युची श्रेष्ठले १९ र रेडियन्ट पब्लिकका रविन्द्र खत्रीले १५ अंक जोडे ।

सिनियर गल्र्सको क्वाटरफाइनल बुधबार हुनेछ । त्यो दिन रेडियन्ट पब्लिकले ल्यान्डमार्क एकेडेमी, रिब्सले एलआरआई, स्वर्णिमले ग्यालेक्सी पब्लिक र एक्सेल्सियरले चाँदबाग विरुद्ध क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

फुटसल:

एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–९ उमेरसमूमा सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा एक्सेल्सियर र संस्कृति तथा राई स्कुल र काभ्या भिड्ने छन् ।

यु–११ मा एक्सेल्सियर ‘नीलो’, भ्याली भ्यु, काभ्या, न्यु जेनिथ, द चाँदबाग, राई स्कुल, स्वस्तिश्री गुरुकुल र जोन डेवी क्वाटरफाइनलमा पुगे ।

यु–१४ मा एक्सेल्सियर ‘रातो’ र ‘नीलो’, इम्पेरियल, विद्यावाणी पाठशाला, मेगस, जोन डेवी, काठमाडौं लिङकन स्कुल तथा बोधीसत्वले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । यु–१६ मा निःसर्ग वाटिका, रेडियन्ट पब्लिक, ग्यालेक्सी पब्लिक, रिब्स, न्यु एरा, स्वस्तिश्री गुरुकुल, एक्सेल्सियर ‘हरियो’ र बोधीसत्वले क्वाटरफाइनल यात्रा तय गरे ।