२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउन माग



अ+ अ-

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विगतमा भएका ठूला ठूला भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग बनाउन माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले विगतका सबै अनियमितता र भ्रष्टाचारको छानबिनका लागि सबै तयार हुनुपर्ने बताए।

सांसद शर्माले वैदेशिक रोजगारीमा रहेका र विप्रेषण पठाएर देशलाई सहयोग गर्नेको समस्या समाधानका लागि सरकारले विशेष सम्बोधन गर्नुपर्ने उल्लेख गरे।

मुलुकभित्रै रोजगारी सिर्जना गर्नेतर्फ कोही कसैको सोच नभएको स्पष्ट पार्दै उनले बाँझो जमिनलाई हराभरा बनाउने अभियान सञ्चालन गर्नुपर्ने र सोही दिशामा बहस हुनुपर्ने तर्क गरे।

राष्ट्रिय गौरवका आयोजना लामो समयसम्म पनि पूरा नहुने अवस्थाको अन्त्यका लागि संसदभित्र बहस हुनुपर्ने भए पनि अन्य विषयमा केन्द्रीत रहेको उनको भनाइ छ। संघीयता कार्यान्वयनका सन्दर्भमा कानुन निर्माणमा भइरहेको ढिलाइप्रति पनि उनले प्रश्न उठाए। सांसद शर्माले शान्ति प्रक्रियाको काममा भइरहेको ढिलाइप्रति पनि आपत्ति प्रकट गरे।

रत्न श्रेष्ठ/रासस