११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

‘प्रधानमन्त्रीजी ढले ढले गीत सुनी राख्नु भएको छ, टिकटकहरूसँग व्यस्त हुनुहुन्छ’

‘प्रधानमन्त्रीजी ढले ढले गीत सुनी राख्नु भएको छ, टिकटकहरूसँग व्यस्त हुनुहुन्छ’
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशिम साहले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । साथै, प्रधानमन्त्री केपी शर्मा ओली टिकटकरहरुसँग व्यस्त भएकाले आफ्नो काम बिर्सिएको उनको टिप्पणी छ ।

उनले भने,’प्रधानमन्त्रीजी अहिले ढले ढले गीत सुनी राख्नु भएको छ । टिकटकहरूसँग व्यस्त हुनुहुन्छ । यही व्यस्तताले यहाँले एउटा काम गर्न बिर्सिनुभएको छ। म उहाँलाई सम्झाउँछु । नयाँ सरकार बनेको महिनौँ भइसक्यो, तर मन्त्रीहरूको सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन ।’

‘पारदर्शिता र जबाफदेहिताको नारा घन्काउनेहरू किन सम्पत्ति विवरण सार्वजनिक नगरेको ?’ उनले प्रश्न गरे ।