काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशिम साहले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । साथै, प्रधानमन्त्री केपी शर्मा ओली टिकटकरहरुसँग व्यस्त भएकाले आफ्नो काम बिर्सिएको उनको टिप्पणी छ ।
उनले भने,’प्रधानमन्त्रीजी अहिले ढले ढले गीत सुनी राख्नु भएको छ । टिकटकहरूसँग व्यस्त हुनुहुन्छ । यही व्यस्तताले यहाँले एउटा काम गर्न बिर्सिनुभएको छ। म उहाँलाई सम्झाउँछु । नयाँ सरकार बनेको महिनौँ भइसक्यो, तर मन्त्रीहरूको सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन ।’
‘पारदर्शिता र जबाफदेहिताको नारा घन्काउनेहरू किन सम्पत्ति विवरण सार्वजनिक नगरेको ?’ उनले प्रश्न गरे ।









