६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केवलकार विवाद वार्ताद्वारा समस्या समाधान गर्नुपर्ने



अ+ अ-

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले ताप्लेजुङ्ग केबलकार विवाद वार्ताद्वारा समाधान गर्नुपर्ने बताए ।

राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरद्वारा आयोजित मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले उक्त विवादमा दुवै पक्षले एकअर्कालाई सम्मानका साथ मिलेर समाधान गर्न आग्रह गरे ।

अध्यक्ष मगरले उक्त स्थानमा भएका घटनाका सम्बन्धमा अनुगमन गरी विज्ञप्तिसमेत जारी गरेको जानकारी दिए । उनले आयोगमा आएको नागरिकतासम्बन्धी उजुरीलाई सम्बन्धित ठाउँमा पठाइ समस्या समाधान गरेको बताए ।

कार्यक्रममा आयोगका सचिव मुरारीप्रसाद खरेल र प्रदेश कार्यालयका प्रमुख बिरबहादुर वुढामगरले आयोग प्रत्येक घटनाप्रति जानकार रहेको र अनुसन्धान गरी कारवाहीका लागि काम गरिरहेको बताए ।

कार्यक्रममा अनौपचारिक सेवा केन्द्र (इन्सेक)का कोशी संयोजक मनोहर पोखरेल, सिविनका वासु अधिकारी, अपाङ्गता संस्थाका चेतनाथ पोखरेल, सञ्चारकर्मी मोहन मानन्धर, किशोर वुढाथोकी, प्रेम देवानलगायतले आयोगले एकल महिलाका, बालबालिकाका, नागरिकता समस्या समाधान गर्न र सञ्चारमाध्यम आएका मानवअधिकार उल्लङ्घनका घटनामा आवश्यक अनुगमन गर्न सुझाव दिए । रासस