१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.37

Wind: 1.54

Humidity: 62

Latest
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न मन्त्रिपरिषद्का निर्णयः प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार ‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’ रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहिन प्रधानमन्त्री ओली थाइल्यान्डमा कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण अब सहरी विकास मन्त्रालयबाट एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’ कुलमान र हितेन्द्र दुवैको रिट हेर्दाहेर्दैमा नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चापागाईं नियुक्त, यस्ता छन् मन्त्रीपरिषदका अन्य निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट फिर्ता गरिनुपर्छः सांसद शाही



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट हुबहु फिर्ता गरिनुपर्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले जनताको बोल्न पाउने अधिकार कुण्ठित गर्न नपाउने बताउनु भयो ।
उहाँले सरकारले जबरजस्ति गर्न खोजे सडक र सदन दुवै ठाउँबाट विरोध गर्ने चेतावनी दिनुभयो ।

उहाँले सामाजि सञ्जालमार्फत हुने अपराध न्युनिकरणका लागि साइबर क्राइमजस्ता कानूनहरु विद्यमान रहेको उल्लेख गर्दै यो विधेयक पेश गर्नुको कुनै तुक नरहेको बताउनु भयो

उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल विधेयकको कामै छैन । हुबहु फिर्ता लैजानुपर्छ । कसैले लाइक, कमेन्ट, सेयर गर्ने वित्तिकै जेल हाल्ने हो ? २००७ सालमा नेपालमा रेडियो खोलिएको हो । गोर्खापत्रको स्थापना त राणाकालम भएको हो । सक्रिय पञ्चायतको बेला मुलुकमा टेलिभिजन खोलिएको छ ।

बोल्न पाउने अधिकारलाई ओलीले कुण्ठित गर्न सक्छन् जस्तो लाग्छ ? यदी त्यसो भयो भने संसद र सडकबाट विरोध हुन्छ । त्यो विधेयक पेस गर्ने आवश्यक्ता नै छैन । अहिले पनि हामीसँग साइबर क्राइमको ऐन छ । ओली सरकारले गलत गरेको कुरा कसैले लाइक ग¥यो, कमेन्ट गर्यो भने कारबाही हुने रे । जयजयकार गर्नको लागि गतिलो काम गर्नुपर्यो नि ।’

उहाँले सरकारले गरेका नराम्रा कामको आलोचना गर्दैमा कारबाही स्वीकार्य नहुने बताउनु भयो ।