४ पुष २०८२, शुक्रबार
,
Latest
रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेश संवैधानिक हो, अस्वीकार गर्नुको औचित्य छैनः सांसद शेर्पा



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले अध्यादेश संवैधानिक भएकाले अस्वीकार गर्नुको कुनै कारण नरहेको बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अध्यादेश संवैधानिक व्यवस्था भएकाले सबैले स्वीकार गर्नुपर्ने बताउनु भयो ।

उहाँले आफूलाई पायक पर्दा स्वीकार्ने, पायक नपर्दा अस्वीकार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताउनु भयो । विगतमा अध्यादेश आफ्नो स्वार्थका लागि आएको भन्दै अहिले स्वार्थ केन्द्रित अध्यादेश नभएको बताउनु भयो । उहाँले जनताको हितमा, लगानीमैत्री वातावरण बनाउन, सुव्यवस्थित समाज निर्माणका लागि अध्यादेश ल्याइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अध्यादेश संवैधानिक व्यवस्था हो । संवैधानिक व्यवस्था सबैले स्वीकार्नुपर्छ । हामी संवैधानिक व्यवस्थालाई स्वीकार्ने अधिकार लिने तर आफूलाई पायक पर्दा स्वीकार्ने, पायक नपर्दा अस्वीकार गर्ने जुन किसिमको हाम्रो प्रवृत्ति छ, त्यसलाई निरुत्साहित गर्नुपर्छ । अध्यादेश विगतमा पनि आएका थिए । तर विगतमा आफ्नो स्वार्थका लागि अध्यादेश ल्याइएको थियो । जस्तो पार्टी फुटाउने । पार्टी फुटाइसकेपछि, आफ्नो स्वार्थ पूरा भइसकेपछि फेरि अध्यादेश निष्क्रिय बनाउने गरिएको थियो । तर वर्तमान सरकारले अध्यादेश जनताको हितमा ल्याएको छ, लगानीमैत्री बनाउन, सुव्यवस्थित समाज निर्माणका लागि ल्याएको छ ।’

उहाँले द्रुत गतिमा संसदमा काम गर्न नसके देशलाई अग्रगति दिन नसकिने बताउनु भयो ।