९ श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशमा नै रोजगारी सिर्जना गर्ने शैक्षिक कार्यक्रम आवश्यक : उपकुलपति प्रा.डा. थपलिया



अ+ अ-

चितवन। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.विजुकुमार थपलियाले कक्षा १२ अध्ययनपछि विदेश जाने प्रचलनले नेपालका कलेजमा विद्यार्थीको सङ्ख्या कम हुँदै गएको बताएका छन् ।

यहाँस्थित श्री कलेज अफ टेक्नोलोजी र श्री चितवन कलेजको १६औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विद्यार्थीलाई आकर्षित गर्न अवसर सिर्जना गर्ने शैक्षिक कार्यक्रम ल्याउन लागिएको जानकारी दिए ।

उपकुलपति प्राडा थपलियाले भने “विद्यार्थी आकर्षित गर्न नयाँ नयाँ कार्यक्रम ल्याउँदैछौंँ ।” अहिलेको चुनौती नै विद्यार्थी सङ्ख्या बढाउनु रहेको बताए। उनले भने “फ्याकेल्टी (सङ्काय) विकासमा पनि लागिरहेका छौँ ।”

कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालयको चिकित्सा शास्त्र सङ्कायका डिन डा. शैलेशमणि पोखरेलले विश्वविद्यालयको आफ्नै जर्नल रहेको चर्चा गर्दै यस कलेजले अनुसन्धान पत्र प्रकाशित गर्ने महत्त्वपूर्ण कामको सुरुवात गरेकोमा प्रशंसा गरे ।

सो अवसरमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले कक्षा १२ पछि अध्ययनका लागि विदेश जाने प्रचलनले स्वास्थ्यजनशक्ति अभावमा अस्पताल चलाउन गाह्रो हुँदै गएको उनले बताए ।

कलेजका संस्थापक अध्यक्ष सरोज ढकालले विसं २०६३ मा भाडाको घरबाट सुरु गरिएको कलेज आज आफ्नै सुविधासम्पन्न भवनमा रहेको जानकारी दिए। भरतपुर १२ ग्रोन्द्राङमा नौ कठ्ठा जमिनमा पाँच तले भवन रहेको जानकारी दिँदै उनले आधुनिक प्रयोगशाला, मल्टिमिडिया सहितको गुणस्तरीय शिक्षा दिँदै आएको बताए ।

हाल दुई सय ९७ जना विद्यार्थीले पूर्वाञ्चल विश्व विद्यालय र सिटीइभिटीका कार्यक्रम अध्ययन गरिरहेको जनाउँदै उनले हालसम्म एक हजार २०५ जना विद्यार्थीले ग्राजुएसन गरिसेकेको बताए ।

सो अवसरमा नेशनल सिटी अस्पतालका मेडिकल डाइरेक्टर डा.निर्मल लामिछाने, कलेजका प्रिन्सिपल नन्दकिशोर भट्ट, कलेजका भ्वाइसप्रिन्सिपल बबिता घिमिरे, राधा ढकाल लगायतले बोलेका थिए ।सो अवसरमा उत्कृष्ट अंक ल्याउने र विभिन्न खेलकुदमा प्रथम र द्वितीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कलेजले विपिएच, बि फर्मेसी, बिएस्सी नर्सिङ, बिएन लगायतका विषय पढाइ सञ्चालन गर्दै आएको छ भने कानुन विषयको पढाइका लागि तयारी गरिरहेको छ । रासस