११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

घिमिरे बने ‘के वान वर्ल्ड म्याक्स’ च्याम्पियन

घिमिरे बने ‘के वान वर्ल्ड म्याक्स’ च्याम्पियन
अ अ+ अ-
काठमाडौँ । ‘हिमचितुवा’ उपनामले चिनिनुहुने नेपाली किक बक्सर अविरल घिमिरेले किक बक्सिङ क्षेत्रमा एकपछि अर्को  कीर्तिमान बनाउन सफल हुनुभएको छ । ‘के वान प्रोफेसनल किक बक्सिङ’द्वारा जापानको टोकियो सहरस्थित नेशनल योयोगी स्टेडियममा आज आयोजित ‘के वान वर्ल्ड म्याक्स २०२५’ प्रतियोगितामा जापानका बक्सर यसुहितो सिरासुलाई ढाल्दै विजयी हुनुभएको छ ।
गत कात्तिक ११ मा इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एशोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेशनल किक  बक्सिङ’ (इस्का)  प्रतियोगितामा बक्सर घिमिरेले प्रतिद्वन्द्वी फ्रान्सका एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वर्ल्ड च्याम्पियन’ हुनुभएको थियो ।
उक्त सफलतासँगै बक्सर घिमिरे के वान किक बक्सिङमा तीन खेल जित्दै, इस्का र हिट किक बक्सिङ प्रतियोगिताको विश्वविजेता  खेलाडी बन्न सफल हुनुभएको छ ।
म्याक्सको उपाधि चुमेपछि बक्सर घिमिरेले जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसला प्रदान गर्ने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई धन्यवाद दिनुभएको छ ।
बक्सर घिमिरेले ‘के वान वल्र्ड म्याक्स २०२५’ प्रतियोगितामा जित निकाल्ने क्रममा तेस्रो राउण्डमा प्रतिस्पर्धी सिरासुलाई पराजित गर्नुभएको हो ।
हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्डस्, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसक्नुभएका चर्चित खेलाडी घिमिरेले पुनः अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल हुनुभएको हो ।
उहाँ जापानको नागोया सहरमा पिता देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आउनुभएको छ । उहाँ पिता देव पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक करातेका खेलाडी हुनुहुन्छ । उहाँले प्रतियोगितामा भाग लिनुपूर्व थाइल्याण्डको टाइगर मुवाथाइ क्लबमा एक महिनाको विशेष प्रशिक्षण लिनुभएको थियो ।
बक्सर घिमिरेका पिता देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा करातेतर्फ सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुनुहुन्छ ।  चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बू निवासी उहाँको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ ।