२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौँः अध्यक्ष राउत



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरु राजनीतिमा नलागेको बताउनुभएको छ ।

आईतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताउनु भयो ।

उहाँले नागरिकले तत्काल नतिजा खोज्ने गरेको भएपनि त्यसका लागि धैयर्ता राख्नुपर्ने बताउनु भयो । उहाँले आफू तत्काल प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि नभइ विचार स्थापित गरेर देशलाई निकास दिन राजनीतिमा आएको बताउनु भयो ।

अध्यक्ष राउतले भन्नुभयो, ‘हामी राजनीति गरेको, नयाँ पार्टी खोलेको, नयाँ पार्टी स्थापना गरेको एक वर्ष, दुई वर्ष हुन पाएको हुँदैन, प्रथम महाधिवेशन बल्ल हुँदैछ, हामी के आशा गर्छौं भने यसले तुरुन्तै देशलाई निकास नै दिन सकेन, यसले खै प्रधानमन्त्री बनाउन सकेको ? यसले खै संसदलाई नियन्त्रण गर्न सकेको, यसले खै कानून बनाउन सकेको भन्ने एकैचोटी हामी आशा गरिदिन्छौँ ।

धैयर्ता राख्नु आवश्यक छ । जुनसुकै नयाँ पार्टीका कुरामा म भन्न चाहन्छु, त्यो धैयर्ता हामी नेतृत्व वर्गमा पनि चाहिन्छ, हामी तुरुन्तै प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि आएका होइन, हामीले विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौँ । त्यसमा समय लाग्छ । त्यो यत्तिकै रातारात हुनेकुरा होइन ।’

अध्यक्ष राउतले पुराना राजनीतिक दलहरुबाट सिकेर नयाँ पार्टी अघि बढ्नुपर्ने बताउनु भयो । पुराना राजनीतिक दलहरु पनि रातारात नआएको बताउनु भयो ।