१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरुमा युवा सहभागिता नबढेसम्म राजनीति सत्ताको खेलमा मात्रै सिमित हुन्छः कार्यवाहक सभापति अर्याल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक दलहरुमा युवाहरुको सहभागिता नबढेसम्म राजनीति सत्ताको खेलमा मात्रै सिमित हुने बताउनुभएको छ ।

आईतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ट्रान्सफर्मेटिव राजनीतिका लागि मूल्य मान्यता, पारदर्शीता र जिम्मेवारीसहितको नेतृत्व अपरिहार्य रहेको बताउनु भयो ।

उहाँले वर्तमान सरकार जति बलियो छ त्यत्तिकै बलियो आंशका र बेथिति देखिएको टिप्पणी गर्नुभयो । उहाँले सरकारले संसद छलेर अध्यादेश ल्याएको र व्यक्तिलक्षित निषेध र प्रतिशोधको राजनीति गरेको कारण सरकारप्रति जनताको विश्वास गुमेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जबसम्म राजनीतिक दलहरुमा युवाहरुको सहभागिता बढाउँदैनौं, नयाँ सोत र नयाँ दृष्टिलाई प्रोत्साहन गरिदैन तबसम्म राजनीति सत्ताको खेलमै सिमित रहन्छ । जनताको वास्तविक स्थितिमा काम गर्न सकिदैन । ट्रान्सफर्मेटिव राजनीतिका लागि मूल्य मान्यता, पारदर्शीता र जिम्मेवारीसहितको नेतृत्व अपरिहार्य छ । तर अहिलेको सरकारबाट भने यो पार लाग्ने सम्भावना देखिँदैन ।

दुई तिहाईको वर्तमान सरकार बलियो छ । यस सरकारले चाह्यो भने देशमा केही परिवर्तन गर्नसक्छ । तर सरकार जति बलियो छ । आशंका र वेथिति पनि त्यत्तिकै बलियो देखिएका छन् । त्यो संसद छलेर ल्याएको अध्यादेशको विषय होस् वा व्यक्ति हेरेर निषेध वा प्रतिशोधको राजनीति गरेको विषय । धेरै यस्ता विषय छन् जसका कारण सरकारप्रति विश्वास गुमेको र आशंका गर्नुपर्ने परिस्थिति बनेको छ । संसद बोलानुपर्ने समयमा नबोलाएर अध्यादेश ल्याउनुपर्ने त्यस्तो के विपत्ति आइपरेछ सरकारलाई रु कसको स्वार्थपुर्ति गर्न हतार हतार अध्यादेश ल्याएको हो रु यसको जवाफ सरकारले दिनुपर्नेछ ।’

उहाँले कसको स्वार्थपूर्ति गर्न हतार हतार अध्यादेश ल्याइएको हो रु भन्ने प्रश्न गर्दै यसको जवाफ सरकारले दिनुपर्ने बताउनु भयो । जनमुखी काम गरे सरकारलाई सधैं साथ र सहयोग गर्न तयार रहेको समेत उहाँको भनाइ छ ।