५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरुमा युवा सहभागिता नबढेसम्म राजनीति सत्ताको खेलमा मात्रै सिमित हुन्छः कार्यवाहक सभापति अर्याल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक दलहरुमा युवाहरुको सहभागिता नबढेसम्म राजनीति सत्ताको खेलमा मात्रै सिमित हुने बताउनुभएको छ ।

आईतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ट्रान्सफर्मेटिव राजनीतिका लागि मूल्य मान्यता, पारदर्शीता र जिम्मेवारीसहितको नेतृत्व अपरिहार्य रहेको बताउनु भयो ।

उहाँले वर्तमान सरकार जति बलियो छ त्यत्तिकै बलियो आंशका र बेथिति देखिएको टिप्पणी गर्नुभयो । उहाँले सरकारले संसद छलेर अध्यादेश ल्याएको र व्यक्तिलक्षित निषेध र प्रतिशोधको राजनीति गरेको कारण सरकारप्रति जनताको विश्वास गुमेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जबसम्म राजनीतिक दलहरुमा युवाहरुको सहभागिता बढाउँदैनौं, नयाँ सोत र नयाँ दृष्टिलाई प्रोत्साहन गरिदैन तबसम्म राजनीति सत्ताको खेलमै सिमित रहन्छ । जनताको वास्तविक स्थितिमा काम गर्न सकिदैन । ट्रान्सफर्मेटिव राजनीतिका लागि मूल्य मान्यता, पारदर्शीता र जिम्मेवारीसहितको नेतृत्व अपरिहार्य छ । तर अहिलेको सरकारबाट भने यो पार लाग्ने सम्भावना देखिँदैन ।

दुई तिहाईको वर्तमान सरकार बलियो छ । यस सरकारले चाह्यो भने देशमा केही परिवर्तन गर्नसक्छ । तर सरकार जति बलियो छ । आशंका र वेथिति पनि त्यत्तिकै बलियो देखिएका छन् । त्यो संसद छलेर ल्याएको अध्यादेशको विषय होस् वा व्यक्ति हेरेर निषेध वा प्रतिशोधको राजनीति गरेको विषय । धेरै यस्ता विषय छन् जसका कारण सरकारप्रति विश्वास गुमेको र आशंका गर्नुपर्ने परिस्थिति बनेको छ । संसद बोलानुपर्ने समयमा नबोलाएर अध्यादेश ल्याउनुपर्ने त्यस्तो के विपत्ति आइपरेछ सरकारलाई रु कसको स्वार्थपुर्ति गर्न हतार हतार अध्यादेश ल्याएको हो रु यसको जवाफ सरकारले दिनुपर्नेछ ।’

उहाँले कसको स्वार्थपूर्ति गर्न हतार हतार अध्यादेश ल्याइएको हो रु भन्ने प्रश्न गर्दै यसको जवाफ सरकारले दिनुपर्ने बताउनु भयो । जनमुखी काम गरे सरकारलाई सधैं साथ र सहयोग गर्न तयार रहेको समेत उहाँको भनाइ छ ।