५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको बैठक सुरु



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । दिउँसो १ बजे तय भएको बैठक झण्डै दुई घण्टा ढिलागरी सुरु भएको हो ।

आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन)विधेयक, २०८१’ फिर्ता लिन प्रस्ताव पेस गर्नेछन् ।

नेपाल नागरिकता (दोस्रो संसोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाइ निर्णायार्थ पेस गरिने भएको छ ।

त्यस्तै, गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) विधेयक, २०८१’, नेपाल प्रहरी विधेयक २०८१ लाइ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, प्रस्ताव गर्ने, सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाइ प्रस्ताव गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर तथा समाज (दोस्रो संसोधन) विधेयक, २०८० माथी छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा प्रस्ताव गर्दैछन् ।

विधायन विधेयक, २०८० सबन्धमा ‘कानुन, न्याय तथा मानवअधिकारी समितिको प्रतिवेदनको विभिन्न बुँदाहरू र विधेयकका दफाहरूलाई निर्णायार्थ पेस प्रस्तुत गरिनेछ भने कानून मन्त्री अजयकुमार चौरासियाले ‘विधान विधेयक, २०८१ लाइ पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।