• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

रायासनिक मल नपाउदा सुदूरपश्चिमका किसानहरु चिन्तीत



काठमाडौं । सुदूरपश्चिमका किसानहरु यतिवेला धान खेतमा मल राख्न रायासनिक मल नपाएर समस्यामा परेका छन् । एकातिर कोभिड १९ संक्रमणको उच्च जोखिम छ भने अर्कोतिर बजारमा मल नपाउने अवस्था छ । संकटको बेलामा सहजै मल नपाउँदा किसानहरु झनै समस्यामा परेका छन् । मल नपाउँदा धान उत्पादन नै नहुने हो की भन्ने चिन्तामा किसानहरु छन् । 

धान बालिमा प्रयोग गर्न रासायनिक मल नपाउँदा सुदूरपश्चिमका किसानहरू मर्कामा परेका छन्। धानमा मल हाल्ने समय हुँदा मलको जोहो गर्न किसानहरूलाई यतिबेला सास्ती छ । एकातिर कोरोना भाइरस संक्रमणको जोखिम अर्कोतिर धानमा प्रयोग गर्न मल नपाउँदाको चिन्ताले किसानहरु जोखिम मोलेरै भएपनि मल खरिद गर्न भौतारिनुपर्ने बाध्यता छ । मल किन्न बिहानै देखि स्थानीय सहकारी संस्था बाहिर दिनभर कुरेर बस्नुपर्ने दैनिकि नै बनेको छ । कोभिड १९ संक्रमणको दर दैनिक बढ्दै गएको अवस्थामा किसानहरुलाई आफ्नो स्वास्थ्यको भन्दा मल नपाउने चिन्ताले सताएको छ । 

अहिले मल आपूर्ती गरिरहेका कुनै निकायमा मलको मौज्दात छैन । साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका कार्यालय प्रमुख केशवप्रसाद पाण्डेले साल्ट ट्रेडिङले आपूर्तिको ३० प्रतिशत जिम्मा पाएपनि अहिले धनगढी शाखामा मलको मौज्दान शुन्य भएको बताउनुभयो । उहाँले विरगंजमा ३४ हाजार मेट्रिकटन युरीया आएको र त्यसमध्ये १० प्रतिशत (३ हजार २ सय मेट्रिकटन) सुदूरपश्चिम प्रदेशको लागि छुट्याइएको बताउनुभयो । उक्त मल अहिले सम्म ७ सय मेट्रिकटन मल आइसकेको र बाँकी मल आउने क्रममा रहेकाले किसानलाई सकेसम्म सहज वातावरण्मा मल उपलब्ध गराउन लागिएको बताउनुभयो ।  

मल आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेडले पाएको छ । तर यो कम्पनीको धनगढी शाखामा अहिले मलको मौज्दात शून्य छ । जसका कारण पनि किसानहरुले मल पाउन सकेका छैनन् । यसरी किसानहरूले समयमै मल र बिउ नपाउने समया नयाँ होइन । यो समस्या हरेक वर्ष देखिदै आएको छ । सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिदा किसानहरु कोभिड १९ संक्रमणको जोखिम मोलैरै मलको खो िजगर्न बाध्य भएका छन् । सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले भने कोभिड १९ संक्रमणको प्रतिकुल समयको बाबजुद पनि मलको आपूर्तिलाई सहज बनाउन प्रभावकारी काम भइरहेको दावी गर्नुभयो ।

मल आपूर्ति गरिरहेका कृषि सामाग्री र साल्ट टे«डिङ कर्पोरेशनसँग अहिले पोटास बोहक अन्य मल उपलब्ध छैन । डिएपी मल न्यून मात्रामा पाइएपनि युरिया मलको भने हाहाकार छ ।